back
NMB ad

सिलिपिङ ट्याब्लेट खुवाएर अण्डकोषमा हम्मर प्रहार गरी हत्या, फेरि बाहिरियो नयाँ तथ्य !

Kumari bank ad

काठमाडौं । काठमाडौंको गोंगबुमा गत आइतबार भएको हत्यामा संलग्न रहेको आरोपमा चितवनबाट पक्राउ परेकी महिलामाथि अनुसन्धान सुरु गरिएको छ ।

दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहरालाई कल्पना मुडभरी (पौडेल) ले दहीमा पाँचवटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको पाइएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मर प्रहार गरी हत्या गरेकी थिइन् ।

हत्या आरोपित महिला कल्पना र उनकी १५ वर्षीया छोरीलाई मंगलबार बिहान काठमाडौं ल्याई प्रहरीले टोखा नगरपालिकाको नवज्योती मार्गमा हत्या गरिएको घरमै लगेर बयान लिएको छ ।

हत्या गरिएका दाङका कृष्णबहादुर बोहोरासँगको सम्बन्धबारे खुलाइएको छैन । बयानकै क्रममा ती महिलाले बोहोराको हत्या गरेको र शव व्यवस्थापनमा छोरीले सहयोग गरेको खुलेको छ ।

ती महिला विगत ४ वर्षदेखि घटनास्थलबाट केही मिटर पर रहेकोे किरण बस्नेतको घरको तेस्रो तल्लामा आफ्नी एक छोरी र एक छोरासँग बस्दै आएकी थिइन । ती महिलाका श्रीमान भने खाडी मुलुकमा रहेको र ठुली छोरीको भने विवाह भइसकेको छ ।

हत्यापछी शवलाई टुक्राटुक्रा पारी सुटकेशमा राखिएको र टाउको र खुट्टा भने प्लाष्टिको झोलामा राखि फालिएको थियो । शव ब्यबस्थापनपछि आमा छोरी एम्बुलेन्स भाडामा लिई चितवन पुगेको खुलासा भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

वि.सं.२०७७ साउन २७ मंगलवार १२:०१ मा प्रकाशित

You can share this post!

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...