back
NMB ad

ईपानमा सर्वसम्मत ढंगले नेत्तृत्व चयन हुँदै

Kumari bank ad

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान) मा सर्बसम्मत ढंगले नेत्तृत्व चयन हुने भएको छ । ईपानका अगुवाहरुको लामो कसरतपछि यस्तो बाताबरण तयार भएको हो ।

यसका लागि ईपानका अध्यक्ष शैलेन्द्र गुरागाई, कुशकुमार जोशी, ज्ञानेन्द्रलाल प्रधान, डा. सुबर्णराज श्रेष्ठ, खड्ग बिष्ट, धु्रब उपे्रती, केशब रायामाझीलगायत अगुवाहरुले सर्बसम्मतका लागि कसरत गरेका थिए ।

निर्वाचनको माध्यमबाट नेत्तृत्व चयन गर्दा ब्यबसायी बिभाजित हुने र यसले बिबाद सिर्जना भई संस्था कमजोर हुने भन्दै सर्बसम्मतको लागि अगुवाहरुले प्रयास थालेका थिए ।यसलाई निर्बाचनमा उत्रेका दुबै समूहले मनन गरी सर्बसम्मतका लागि सहमति जनाएका थिए । सम्भबतः आज  नेत्तृत्व घोषणा हुने छ ।

स्रोतका अनुसार अध्यक्षमा प्रतिष्ठित व्यबसायी कृष्णप्रसाद आचार्य चयन हुनेछन् । उपाध्यक्षमा आशिष गर्ग, गणेश कार्की, बलराम खतिवडा र महासचिबमा भरत खत्रीमा सहमति भएको छ ।

सचिबहरुमा गोरे शेर्पा, राम आचार्य र मोहन डाँगीमा सहमति जुटेको छ भने कोषाध्यक्षमा उत्तम ब्लोन लामा चयन हुने भएका छन् । सदस्यहरुमा प्रकाश दुलाल, भरत लामिछाने थापा, नरेन्द्रबल्लभ पन्त, भरत खड्का हुने भएका छन्।

एशोसियट सदस्यमा बिक्रम बिष्ट र दुई महिला सदस्यहरुमा अभिज्ञा मल्ल र कबिता पोखरेलको नाममा सहमति जुटेको स्रोतले जानकारी दिएको छ । गर्ग, कार्की, डाँगी, आचार्य, पन्त र खड्का अध्यक्ष आचार्य प्यानलबाट प्रतिश्पर्धामा उत्रिएका थिए । बाँकी अर्को समूहका हुन ।

वि.सं.२०७७ साउन २७ मंगलवार १५:३० मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...