back
NMB ad

आजै रातिदेखि लकडाउन हुने, अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय

Kumari bank ad

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा आज राति १२ बजेदेखि लकडाउन हुने भएको छ । सदरमुकाम सिन्धुलीमाढीमा पहिलेको तुलनामा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेसँगै नगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो ।

सदरमुकाम सिन्धुलीगढीमा शनिबार र आइतबार हालसम्मकै धेरै ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकामा सोमबार बसेको सर्बपक्षीय बैठकले मंगलबार (आज) राति १२ बजेदेखि लागू हुने गरी लकडाउन गर्ने निर्णय गरेको कमलामाई नगरपालिकाका नगरप्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिए ।

नगरपालिकामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी नगर प्रमुख खत्रीले एक साताका लागि लकडाउन गरिएको बताए । पछिल्लो समय समुदायस्तरमै संक्रमणको जोखिम बढेपछि अन्य क्षेत्रबाट आवतजावतमा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरिएको पनि नगर प्रमुख खत्रीले बताए ।

नगर क्षेत्रका मुख्य राजमार्ग बाहेकका सबै सीमा नाकाका सडकहरु पूर्ण रुपमा बन्द गरिने भएको छ । नगर क्षेत्रभित्र अत्यावश्यक सेवा बाहेक सबै सरकारी, गैह्रसरकारी क्षेत्रहरु, भीडभाड हुने बजारहरु, यातायात लगाएतका सबै सेवाहरु बन्द हुने जनाइएको छ ।

वि.सं.२०७७ साउन २७ मंगलवार १८:३० मा प्रकाशित

You can share this post!

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...

आगामी आवको बजेट : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने लक्ष्य   

आगामी आवको बजेट : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने लक्ष्य   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:२८

रमेश लम्साल काठमाडौँ, १६ जेठ : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने...

दुई कम्पनीको १२ लाख ४१ हजार  कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

दुई कम्पनीको १२ लाख ४१ हजार  कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

वि.सं.२०८१ जेठ १६ बुधवार १८:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार दुई कम्पनीको बोनस...

बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन   

बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:१३

काठमाडौँ, १६ जेठ : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...