back
NMB ad

मुख्यमन्त्रीको बढ्दो सक्रियता : संक्रमणलाई रोक्ने उपायबारे सरोकारवालासँग भर्चुअल बैठक

Kumari bank ad

विराटनगर । प्रदेश नं का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचाबरको लागि थप चाल्नु पर्ने कदमहरुका बारेमा आज सरोकारवाला पक्षहरुसँग भर्चुअल बैठक गर्नु भएको छ ।

बैठकमा प्रदेशका मन्त्री सहित स्वास्थ्य क्षेत्रका विज्ञ कोरोना भाइरस बढी संक्रमण देखिएको जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी र उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सहभागीहरुले आगामी दिनमा चाल्नु पर्ने कदमहरुका बारेमा सुझाव दिनु भएको थियो । सरोकारवालापक्षहरुले दिएको सुझावको आधारमा थप कदम चालिने मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । विज्ञ र सरोकारवाला पक्षहरुले आवश्यकता, समन्वय र ठाउँ अनुसार मात्र लकडाउन गर्नुपर्ने सुझाव दिनु भएको छ ।

मुख्यमन्त्री राईले तीनै तहबीच आवश्यक समन्वय हुनु पर्ने बताउनुभयो । तीनै तहबीच आवश्यक समन्वय हुनुपर्छ मुख्यमन्त्री राईले भन्नुभयो कोभिड १९ मा तीनै तहबीचको आवश्यक समन्वयका कारण कोभिड महामारी नियन्त्रणको काममा सहज भएको बताउनुभयो ।

कतिपय अवस्थामा समन्वय नभएको हुन सक्छ, तपाईहरुको सुझावको आधारमा थप समन्वय र सहकार्य हुनेछ मुख्यमन्त्री राईले भन्नुभयो । झापा, मोरङ्ग, सुनसरी, उदयपुरका प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लाको बारेमा जानकारी गराउनु भएको थियो ।

उद्योगी व्यवसायीहरुले नीजि अस्पताल र होटलहरुलाई पनि आइसोलेशन बनाउन सुझाव दिएका थिए । उनिहरुले पनि लकडाउन गर्दा समन्वय गरेर मात्र गर्नुपर्ने नत्र लकडाउनको कुनै अर्थ नरहने बताएका छन् ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुले अस्पतालहरुबीच समन्वय गर्नुपर्ने बताउनुभयो । दिर्घरोगीहरुको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने लगायतका उहाँहरुको सुझाव थियो । स्वास्थ्य क्षेत्रबाट डा। सञ्जीव शर्मा, डा। सूर्य पराजुली, पंकज खतिवडा, डा. मोहन, डा. शंकर अधिकारीको उपस्थिति थियो ।

नगरपालिकाहरुबाट सूर्योदय नगरपालिका आरबी राई, विर्तामोड नपा, ध्रुव सिवाकोटी, दमक नपा, रोमनाथ ओली, रंगेली नपा, दिलिप अग्रवाल, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायतले सुझाव दिनु भएको थियो । सुरक्षा निकायका प्रमुखहरुले सिमा सुरक्षा लगायतका बारेमा जानकारी गराउनु भएको थियो ।

वि.सं.२०७७ साउन २७ मंगलवार १८:३७ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...