back
NMB ad

गोंगबु हत्याकान्डको अर्को रहस्य : कल्पनाको धेरै पुरुषसँगको सम्बन्ध, अहिलेसम्म तीन विवाह

Kumari bank ad

काठमाडौं । गोंगबुमा २४ शनिबारको राति भएको विभत्स हत्या प्रकरणकी अभियुक्त कल्पना मुडभरीको धेरै पुरुषहरुसँग सम्बन्ध रहेको पत्ता लागेको छ । अनुसन्धान गर्दै जाँदा प्रहरीले तीनवटा विवाह भइसकेको पत्ता लगाएको हो ।

‘कल्पनाको तीनवटा विवाह भइसकेको र मृतकसँग पनि सम्बन्ध रहेको तथ्य पत्ता लागेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । उनले पुरुषहरुलाई आफ्नो व्यक्तिगत स्वार्थ र पैसाका लागि प्रयोग गर्ने गरेको समेत फेला परेको छ ।

दुई बच्चाकी आमा कल्पनाले यसअघिका दुईजना पतिहरुसँग सम्बन्ध टुटाएको खुलेको छ । एकजनाले भने दुई बच्चा नै आफ्नो भनी देखापरेका छन् ।

मृतक कृष्णबहादुर बोहरा कल्पनाको चौंथो पति बन्न चाहिरहेको अनुसन्धानबाट खुलेको छ । तर, कल्पना उनीसँग विवाह गर्न चाहिरहेकी थिइनन् । बरु उनले विवाह गर्नका लागि अर्को महिला मिलाइदिने सम्म भनेकी थिइन् । तर, कृष्णबहादुर उनीसँग एकोहोरो प्रेममा पागल भए । जे गर्न पनि तयार भए । यतिसम्मकी कल्पनाले मागेको ५० लाख समेत व्यवस्था गरे ।

कल्पनाले ५० लाख दिन नमानेपछि कि त विवाह गर कि त ब्याजसहित फिर्ता गर्न भन्न थाले । यसरी शारीरिक र मानसिक दुवै तरिकाले तनाव दिनथालेपछि कृष्णबहादुरको योजनावद्ध हत्या गर्ने निर्णयमा पुगेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले बताएका छन् ।

छोराछोरीसहित गोंगबुमा बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरी पौडेलले २४ साउनको राति कल्पनाले कृष्णबहादुरलाई कोठामा बोलाइन् । गंगबुस्थित गेष्ट हाउसबाट बा ७२ प ५६४४ नम्बरको स्कुटरमा गोंगबुस्थित घरको कोठामा पुगेका थिए ।

भोड्का पिउँदै मासुको सितनमा कृष्णबहादुर मज्जा लिदै गए । रात छिप्पिदै गएपछि कल्पनाले दहीमा निन्द्रा लाग्ने पाँचवटा ट्याबलेट हालिदिइन् । बोहराले दही खाए । केही बेरमा लठ्ठिए । कल्पनाले हत्याको सबै तयारी गरेकी थिइन् । उनले घनले बोहराको संवेदनशील अङ्गमा पटक पटक प्रहार गरिन् । त्यस्तो प्रहार गर्नुमा शारीरिक शोषण गरेको आवेग पनि कारण थियो ।

घनले हान्दा थलिएका बोहरालाई सलले घाँटीमा बेरेर बेस्सरी कसेपछि प्राण लिइन् । उनको मृत्यु भएपछि शवको व्यवस्थापन गर्न लागिन् । सुटकेश निकालिन् । तर, शव अटेन । त्यसपछि उनले शवको टाउको र खुट्टा काटेर अर्को झोलामा हालिन् ।

शुरुमा सुटकेश नाम्लोले बोकेर लगिन् । शव आफू बस्ने घरभन्दा केही सय मिटर पर लगेर दुईवटा गाडीको बीचबाट फालिदिइन् । त्यसपछि टाउको र खुट्टा केही पर फालिन् । शव व्यवस्थापनमा उनलाई केशोरावस्थाकी छोरीले सहयोग गरेकी थिइन् ।

प्रहरीले कल्पनाकी १५ वर्षीया छोरीलाई पनि नियन्त्रणमा लिई अनुसन्धान गरिहेको छ । छोरा भने आफन्तले राखेका छन् । कल्पनाले कृष्णबहादुरमाथि छोरीलाई समेत आँखा लगाएको कारण हत्या गरेको शुरुको बयान दिएकी छिन् । तर, घटनाको अनुसन्धान गर्दै जाँदा यौन र पैसा दुवै कारण देखिएको छ । रिपोर्टस नेपालबाट

वि.सं.२०७७ साउन २९ बिहीवार १४:२९ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...