back
NMB ad

सबै पसल तथा व्यवसाय पूर्ण रुपमा बन्द गर्न भन्दै यस्तो आयो विज्ञप्ति

Kumari bank ad

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै गएपछि काठमाडौं महानगरपालिका–१४ का केही क्षेत्रका पसल बन्द गरिएको छ ।

काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण समुदायमा देखिन थालेपछि १४ नम्बर वडाका कलंकी, कालिमाटी, कुलेश्वरलगायत क्षेत्रका अत्यावश्यकबाहेक पसल बन्द गरेको हो। बुधबार वडाध्यक्ष शोभा सापकोटाले विज्ञप्ति सार्वजनिक गर्दै अत्यावश्यक बाहेकका पसल नखोल्ने निर्णय भएको जानकारी गराएकी हुन ।

उक्त वडामा विद्युतीय सामग्री पसल सञ्चालन गर्दै आएका एक व्यापारीमा संक्रमण पुष्टि भएको थियो। त्यसपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा भएको परीक्षणमा अन्यमासमेत कोरोना संक्रमण देखिएपछि यस्तो निर्णय गर्नु परेको वडाले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिहीबारदेखि १५ दिनसम्म वडा नम्बर १४ का कलंकी, कालिमाटी, खड्कागाउँ, कुलेश्वर, बल्खु खोलासम्मका पसल तथा गतिविधि बन्द हुने अध्यक्ष सापकोटाले जानकारी दिइन्।

अब कालिमाटीका फलफूल तथा तरकारी व्यवसायीले बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र पसल खोल्न पाउनेछन्। अन्य अत्यावश्यक पसल भने स्वास्थ्य मापदण्ड पालना गरेर खोल्न पाइने छ। ठेला र फुटपाथ व्यवसाय पूर्ण रुपमा बन्द गर्नसमेत वडाले विज्ञप्तिमार्फत् अनुरोध गरेको छ ।

वि.सं.२०७७ साउन २९ बिहीवार १८:१५ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...