back
NMB ad

१५ दिनका लागि अत्यावश्कबाहेकका सेवा बन्द

Kumari bank ad

सिन्धुली । सिन्धुलीमा कोरोना संक्रमितको दर बढ्न थालेसँगै जिल्लाका स्थानीय तहहरूले धमाधम अत्यावश्यकबाहेकका सेवा बन्द गर्न थालेका छन् ।जिल्लामा अहिलेसम्म दुई नगरपालिका र दुई गाउँपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेका छन् ।

जिल्लाको कमलामाई नगरपालिका, दुधौली नगरपालिका, सुनकोशी र गोलन्जोर गाउँपालिकाले अत्यावश्यकबाहेक सबै सेवा र पसलहरू एक हप्तादेखि १५ दिनसम्म बन्द गरेका छन् ।

कोरोना संक्रमण समुदायमा फैलिन नदिन र नियन्त्रण गर्नलाई प्रभावकारी बनाउन कमलामाई नगरपालिकाले एक हप्ता सटडाउन गरेको छ । नगरपालिका कार्यालय तथा मातहतका सबै कार्यालयको अत्यावश्यकबाहेकका सबै सेवा गत साउन २७ गते राति १२ बजेदेखि एक हप्ताका लागि बन्द गरेको नगरप्रमुख खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

एक हप्तासम्म औषधि, दूध पसल, एम्बुलेन्स, दमकल, सरसफाइ व्यवस्थापनबाहेकका सबै सेवा बन्द गरेको नगरप्रमुख खत्रीले बताउनुभयो ।नगरप्रमुख खत्रीका अनुसार नगर क्षेत्रका मुख्य राजमार्गबाहेकका सबै सिमानाका सडक पूर्णरूपमा बन्द गरिएको छ ।

जिल्लाको सुनकोसी गाउँपालिकाले शुक्रबार राति १२ बजेदेखि आगामी भदौ १३ गतेसम्म १५ दिनका लागि अत्यावश्कबाहेकका सेवा बन्द गरेको छ ।

सुनकोसी गाउँकार्यपालिकाको बिहीबार बसेको बैठकले भदौ १३ गतेसम्म गाउँपालिका र मातहतका सबै कार्यालयबाट दिइने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष दिर्वसिङ मुक्तानले जानकारी दिनुभयो ।

‘गाउँपालिकाको विद्यालयमा कार्यरत सिराहाका एक जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोनाको संक्रमण समुदायमा फैलिन नदिन अत्यावश्यकबाहेकका सबै सेवा बन्द गराएका हौं ।’ –उपाध्यक्ष मुक्तानले भन्नुभयो । अत्यावश्यक सेवा अन्र्तगतका खाद्यन्न तथा तरकारी पसलहरु प्रत्येक दिनको ३ बजेदेखि साँझ ६ बजेसम्म ३ घण्टा मात्र खुला गर्न दिइने उहाँले बताउनुभयो ।

जिल्लाका कमलामाई, तीनपाटन, फिक्कललगायतका छिमेकी स्थानीय तहहरू र छिमेकी जिल्लामा समेत कोरोनाको संक्रमण फैलिरहेकाले दुधौलीमा पनि संक्रमण फैलिन सक्ने भन्दै अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको छ ।

दुधौली नगरपालिका क्षेत्रमा साउन ३० गते शुक्रबार राति १२ बजेदेखि भदौं ६ गतेसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले जानकारी दिनुभयो ।

समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन बिहान १० बजेसम्म पसलहरू सञ्चालन गर्न पाइने र बिहान १० बजेपछि औषधि पसलबाहेक अन्य सम्पूर्ण पसल पूर्णरूपमा बन्द गर्न आग्रह गरिएको नगर प्रमुख राउतले बताउनुभयो ।

गोलन्जोर गाउँपालिकाले पनि शुक्रबार राति १२ बजेदेखि भदौ ५ गतेसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ । गोलन्जोर गाउँपालिका–५ का एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले अत्यावश्कबाहेकका सबै सेवा एक हप्तासम्मका लागि बन्द गरेको हो । शुक्रबार मात्रै १३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सिन्धुली कोरोना संक्रमितको संख्या ३० पुगेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । न्युज अफ नेपालबाट

वि.सं.२०७७ साउन ३२ आइतवार १०:४९ मा प्रकाशित

You can share this post!

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...