back
NMB ad

प्रतितोला ५ हजार ७ सय रुपैयाँले बढ्यो सुनको भाउ

Kumari bank ad

काठमाडौं । साउन महिनामा मात्रै सुनको मूल्य प्रतितोला ५ हजार ७ सय रुपैयाँले वृद्धि भएको छ । साउन १ गते तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अन्तिम दिन आज तोलाको ९८ हजार ४ सय रुपैयाँ पुगेको छ ।

आज हिजोको भाउमा तोलामा दुई सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९८ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो महिना सुनको भाउले दैनिक जस्तै रेकर्ड बनायो । रेकर्ड बनाउने क्रममा सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको एक लाख तीन हजार पाँच सय रुपैयाँसम्म पुग्यो ।

तर गएको आइतबारदेखि बुधबारसम्म ओरालो लागेको सुनको भाउ बिहीबार र शुक्रबार भने फेरि उकालो लाग्यो । शुक्रबारको भाउमा आज भने फेरि सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनमा लगानीकर्ता आकर्षित हुँदा भाउ महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदी यो महिना तोलामा ३ सय २० रुपैयाँ बढेको छ ।

साउन १ गते तोलाको एक हजार ५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको एक हजार ३ सय २५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ पनि यो महिना रेकर्ड बनाउँदै तोलाको एक हजार ४ सय ३५ रुपैयाँसम्म पुग्यो । गएको मंगलबार अहिलेसम्मकै महँगो तोलाको एक हजार ४ सय ३५ रुपैयाँ पुगेको चाँदीको भाउ बुधबार एकैदिन तोलामा २ सय २५ रुपैयाँ घट्यो ।

तर बिहीबार र शुक्रबार उकालो लागेको चाँदीको भाउ आज भने तोलामा चाँदी ३० घटेको छ । चाँदी आज तोलाको १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

वि.सं.२०७७ साउन ३२ आइतवार ११:१९ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...