back
NMB ad

एसईई नतिजा भोलि प्रकाशित हुने

Kumari bank ad

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डले मंगलबार वा बुधबारभित्र परीक्षाफल प्रकाशित गर्ने गरी अन्तिम तयारी गरेको छ ।

बोर्डका अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई बैठक बोलाउने तयारी गरिरहेको छ । स्रोतले अन्तिम तयारी गरिरहेको तथा भोलि मंगलबारभित्र गरिसक्ने नेपाल समाचारपत्रलाई बताएको छ ।

बोर्डले परीक्षाफल प्रकाशित गर्नुअघि सहमतिका लागि सीसीएमसीमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो । मन्त्रिपरिषद्को बैठकले सावधानी अपनाएर परीक्षाफल प्रकाशित गर्न सहमति दिएपछि परीक्षाफल प्रकाशन गर्न लागेको हो ।

परीक्षा नियन्त्रण कार्यालय (एसईई) ले करिब १० दिनअघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेल र सदस्य सचिव दुर्गा अर्याललाई जानकारी गराएको थियो । बोर्डका अध्यक्ष पौडेलले तयारी अवस्थामा रहेकोले कहिले हुन्छ भन्ने विषयमा भन्न नसकिने बताउनुभयो।

बोर्डले केही गल्ती सच्याउनुपर्ने भएकाले ढिलो भएको जनाए तापनि मुख्य विषय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन कुरेर बसेको थियो । मन्त्रालयले समेत स्वीकृत दिएपछि परीक्षाफल प्रकाशित गर्न लागेको हो ।

वि.सं.२०७७ भदौ १ सोमवार ०६:४५ मा प्रकाशित

You can share this post!

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ   

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:२८

काठमाडौँ, २८ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको...

माछापुच्छ्रे बैंकद्वारा कालीदेवी विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे बैंकद्वारा कालीदेवी विद्यालयलाई कम्प्युटर सहयोग

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:२४

काठमाडौं । माछापुच्छ्रे बैंकको धादिङ्ग जिल्ला स्थित सिम्ले शाखाले धुनिवेशी...

वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे   

वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:१३

चितवन, २८ वैशाखः चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु...

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण   

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:०५

म्याग्दी, २८ वैशाखः राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...