back
NMB ad

अन्ततः भदौ ४ गतेदेखि नै लागू हुनेगरि दुई साताका लागि लकडाउन गर्ने निर्णय

Kumari bank ad

बैतडी । कोरोनाको संक्रमण बढ्दै गएपछि बैतडीमा भदौ ४ गतेदेखि लकडाउन गरिने भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले संक्रमण बढ्दै गएको भन्दै ४ गतेदेखि भदौ १५ गते लकडाउन गर्ने निर्णय गरेको हो।

लकडाउन अवधिका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए । लकडाउनमा नगर क्षेत्रभित्र औषधि पसल, एम्बुलेन्स र अत्यावश्यक सवारी साध मात्रै सञ्चालन गर्न दिने निर्णय भएको छ ।

नगर क्षेत्रभित्रका बैंकहरुलाई आइतबार, मंगलबार र बिहीबार हप्ताको तीन दिनमात्रै खुला राख्ने निर्णय भएको छ । गौरापर्वलाई मध्यनजर गरी दैनिक उपभोग्य सामग्रीका पसल, सिलाई पसल र कपडा पसलहरु बिहान ७ देखि १० बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म मात्रै खुला राख्ने निर्णय गरिएको छ ।

यस्तै, धार्मिक स्थलहरुमा नित्य पूजाबाहेक भीडभाड हुने खालका सबै जात्रा,मेला स्थगित गरिएका छन्। चाडपर्वहरू आफ्नै घरभित्रै मनाउन आग्रह गरिएको छ।

नगर क्षेत्रभित्र सबै प्रकारका भेला, गोष्ठी, तालिम, बैठक र सेमिनारहरूमा रोक लगाइएको नगरपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ। नगरपालिका र ११ वटै वडा कार्यालयहरूले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने सूचनामा उल्लेख छ ।

वि.सं.२०७७ भदौ १ सोमवार १७:३० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...