back
NMB ad

कोरोनाको ‘हटस्पट’ बन्यो उपत्यका : फेरि कडा लकडाउन !

Kumari bank ad

काठमाडौं । उपत्यका कोरोनाको हटस्पट बन्दै गएको छ। उपत्यकामा अहिलेसम्म दुई हजार १३४ जना सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा बन्दाबन्दी खुलेपछि सङ्क्रमित दैनिक बढेको बढ्यै छ । हिजो मात्रै उपत्यकामा १ सय ६८ जनामा संक्रमण पुष्टि भएको थियो ।सोमबारसम्म काठमाडौँ जिल्लामा एक हजार ७ सय ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए । त्यसैगरी ललितपुरमा २ सय ८२ जना र भक्तपुरमा १ सय ४७ जना रहेका छन् ।

उपचारपछि निको भएर घर फर्कनेको संख्या २ सय ४१ जना मात्र रहेको अधिकारीको भनाइ छ। यस्तै उपत्यकामा १० जनाको कोभिड–१९ को कारणले मृत्यु भइसकेको छ। उपत्यकामा अहिलेसम्म सक्रिय सङ्क्रमित एक हजार ८८३ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा फेरि लकडाउन

यसै विच आज प्रकाशति गोरखापत्र दैनिक अनुसार कोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषयमा सम्बद्ध अधिकारी छलफलमा जुटेका छन ।

कोरोना सङ्क्रमणबाट जोगिन नागरिक आफैँ सचेत र जागरुक नहुँदा उपत्यकामा जोखिम बढेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता सहायक जिल्ला अधिकारी तुल्सीराम पौडेलले बन्दाबन्दी वा निषेधाज्ञाको विषयमा छलफल भइरहेको जानकारी दिनुुभयो ।

‘‘अहिलेकै अवस्थामा बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्न जरुरी छैन,’’ उहाँले थप्नुभयो, ‘‘मङ्गलबारबाट समूहगत हिँड्डुल, सामाजिक तथा भौतिक दूरी कायम राख्ने कार्यमा कडाइ गरिनेछ । सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य गरिएको छ ।’’

सवारी सञ्चालनमा जोर–बिजोर, मास्क र सेनिटाइजरको सही प्रयोग, होटल तथा रेस्टुराँ, चियापसल, पार्टी प्यालेस, पसल, सुपरमार्केट, सार्वजनिक स्थानमा सर्वसाधारणको उपस्थिति तथा भीडभाडलाई यसअघि नै पूर्ण रूपमा निषेध गरिएको छ ।

तर उपत्यकावासी मास्कसमेत प्रयोग नगरी सडकमा निस्कने, बिहे, जन्म दिन, धार्मिक चाडपर्वका नाममा आफन्त साथीभाइ जम्मा पारी समूहगत भोज भतेर र पार्टी गर्न थालेपछि कोरोना सङ्क्रमणको समस्या थपिएको भनाइ स्थानीय सुरक्षा अधिकारीको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रण प्रतिकार्य योजना अनुसार लागू गरिएको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड सर्वसाधारणले पालना गरे नगरेको तीनवटै जिल्ला प्रशासन कार्यालयबाट नियमित अनुगमनसमेत हुने गरेको छ ।

वि.सं.२०७७ भदौ २ मंगलवार ०८:०४ मा प्रकाशित

You can share this post!

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...