back
NMB ad

कतारले दियो, नेपाललाई नौ वटा मर्सिडिज कार

Kumari bank ad

काठमाण्डौं । कतार सरकारले नेपाललाई नौ ओटा मर्सिडिज बेन्ज कार सहयोगस्वरुप उपलब्ध गराएको छ । परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा नेपालका लागि कतारका राजदूत अहमेद जसीम महोमद अलि अल–हमेरले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई ती कारको साँचो हस्तान्तरण गरे ।

सो अवसरमा परराष्ट्रमन्त्री थापाले सामाजिक तथा आर्थिक क्षेत्रमा कतार सरकारले महत्वपूर्ण सहयोग पु¥याउँदै आएको बताउँदै संविधान जारी भएपछि नेपालमा लगानीका लागि उपयुक्त अवसर सिर्जना भएकाले लगानीका लागि आह्वान गरे ।

कतारले उपलब्ध गराएका ती कार आगामी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडी (बिमेस्टेक),  दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) बैठक, विदेशी राष्ट्राध्यक्षको आगमनजस्ता अन्य महत्वपूर्ण कार्यका लागि प्रयोग हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

प्रकाशितः २०७३ वैशाख २३

वि.सं.२०७३ वैशाख २३ बिहीवार १२:३१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...