back
NMB ad

भदौ १५ गतेसम्मका लागि वर्कशप पनि बन्द

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यकाका वर्कशप भदौ १५ गतेसम्मका लागि बन्द भएका छन् । नेपाल अटो मेकानिक्स सङ्घमा आबद्ध सबै गाडी मर्मत गर्ने वर्कशप भदौ १ गते सोमबारदेखि १५ गते सोमबारसम्मका लागि बन्द भएका हुन् ।

उपत्यकामा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको भन्दै वर्कशप बन्द गर्न आफ्ना सम्पूर्ण सदस्यलाई आग्रह गरेको सङ्घले जनाएको छ । अत्यावश्यक गाडी मर्मत गर्नुपरेमा भने वर्कशपमा माक्स, पञ्जाको प्रयोग गर्ने, साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गरी सुरक्षित तरिकाबाट मात्र गर्न सङ्घले आग्रह गरेको छ ।

यस्तै आफू र आफ्नो वर्कशपमा काम गर्ने सहयोगी अटो मेकानिक्स लगायत आफ्नो वरिपरिको वातावरण पनि सुरक्षित गराउन सङ्घका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले अनुरोध गर्नुभएको छ ।

नेपाल अटो मेकानिक्स सङ्घका अनुसार कोरोना सङ्क्रमणको जोखिम बढेसँगै धेरै व्यवसायीले आफूखुसी आफ्नो व्यवसाय बन्द गर्न थालेका छन् ।

वि.सं.२०७७ भदौ २ मंगलवार २१:१८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...