back
NMB ad

फेरि भयो यस्तो निर्णय: सबै सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था र पसलहरु पूर्ण रुपमा बन्द !

Kumari bank ad

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा कोभिड–१९ का संक्रमित व्यक्तिहरुको संख्या बढन थालेपछि नगरपालिकाले एक सूचना जारी गर्दै १५ दिनसम्मको लागि पूर्ण रुपमा सिल गर्ने भएको छ ।

नगरपालिकाले मंगलबार सूचना जारी गर्दै नगर भित्रका अत्यावश्यक सेवा बाहेका अन्य सेवाहरु बन्द गर्ने गरी १५ दिनसम्मको लागि पूर्ण रुपमा नगरपालिका बन्द गरिएको हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटाले जानकारी दिए ।

हरिपुरमा हिजो ३१ जना कोरोना संक्रमितको रिपोर्ट आए पनि आज फिल्टर गर्दा ५ जनाको दोहरो नाम रहेकोले २६ जना मात्र कोरोना संक्रमित व्यक्तिहरु थपिएको हो, कोरोना संक्रमितहरु सबै समुदायकै व्यक्ति तथा कर्मचारी र जनप्रतिनिधि रहेको हुँदा नगरपालिकालाई १५ दिनसम्मको लागि सिल गर्नु परेको प्रशासकीय अधिकृत देवकोटाले बताए ।

नगरपालिकाले नगर क्षेत्र भित्र थप संक्रमण फैलिन नदिन औषधी र ग्यास बाहेकका अन्य सबै प्रकारका पसलहरु, दैनिक तथा सप्ताहिक रुपमा लाग्ने हाट बजारहरु, बैंक तथा बित्तीय संस्थाहरु, विमा कम्पनीका शाखा तथा उपशाखा कार्यलयहरु, सबै प्रकारका उधोग तथा कलकारखानाहरु, अत्यावश्यक बाहेक सरकारी तथा गैरसरकारी संघ संस्थाहरु र कार्यालयहरुबाट उपलब्ध हुने सेवाहरु हरिपुर नगरपालिका क्षेत्रभित्र भदौ २ गतेदेखि लागु हुने गरी भदौ १७ गतेसम्म १५ दिनको लागि पूर्ण रुपमा बन्द गरिएको अधिकृत देवकोटाले जानकारी दिए ।

यसैगरी यसअघि लालबन्दी नगरपालिका, हरिवन नगरपालिका, कविलासी नगरपालिका, गोडैता नगरपालिका, मलंगवा नगरपालिका र चन्द्रनगर गाउँपालिकाले पनि अत्आवश्य सेवा बाहेक आ–आफनो पालिका पूर्ण रुपले बन्द गरेको छ ।

वि.सं.२०७७ भदौ ३ बुधवार १५:०५ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...