back
NMB ad

मन्त्री र सचिवको जिम्मेवारी हेरफेर हुने !

Kumari bank ad

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कार्यसम्पादन करार सम्झौताअनुसार कार्य प्रगति नदेखिए विभागीय मन्त्री र सचिवको जिम्मेवारी पुनर्विचार गरिने बताएका छन्।

भौतिक पूर्वाधार विकास मन्त्रीको समेत जिम्मेवारी बहन गरिरहेका शाहीले बुधबार मन्त्रालयका सचिवसँग कार्यसम्पादन करार सम्झौता गर्दै चालु आर्थिक वर्षमा प्रदेश सरकारको बजेट कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा जोड दिए।

कर्णाली प्रदेश सरकारले कार्यसम्पादनका आधारमा मूल्यांकन गर्ने पद्धति स्थापना गर्न लागेको भन्दै मुख्यमन्त्री शाहीले कार्यप्रगति देखाउन नसक्ने मन्त्री र सचिवलाई जिम्मेवारीमा बसिरहने नैतिक अधिकार नहुने स्पष्ट पारे।

कार्यसम्पादन करार सम्झौतामा कार्य जिम्मेवारी, समयसिमा र प्रगतिका सुचकहरु स्पष्टसँग तोकिएकोले पनि समय सीमाभित्र प्रगति नदेखिए जिम्मेवारीबाट हटाउने उनको भनाइ थियो।

विकास र समृद्धिको जनचाहना पूरा गर्न नसके संघीय व्यवस्थाको औचित्यमा प्रश्न उठ्ने भन्दै उनले जनतालाई अनुभूत हुने गरी काम गर्न कर्मचारीलाई समेत निर्देशन गरेका छन्।

उनले मन्त्रालय मातहतका कार्यालय प्रमुखहरुसँग छिटोभन्दा छिटो कार्यसम्पादन करार सम्झौता गरी बजेट कार्यान्वयन प्रक्रिया बढाउन निर्देशन दिए। समाचार स्रोत :थाहा खबर, तस्विर :फाइल

वि.सं.२०७७ भदौ ३ बुधवार १७:४४ मा प्रकाशित

You can share this post!

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:३५

रामबहादुर थापा र सन्तोष गौतम गण्डकी, १० जेठ : गण्डकी...