back
NMB ad

आजदेखि सरकारी कार्यालय पनि बन्द हुने (सूचनासहित)

Kumari bank ad

पाल्पा । सर्वसाधरणले स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाउनुको सट्टा उल्लंघन गर्ने प्रवृत्ति बढेपछि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । पाल्पामा आजदेखि  भदौ १२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

सरकारले स्थानीय रुपमा कोभिडको असर हेरी निषेधाज्ञा र कर्फ्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाइ दिएपछि पाल्पामा पनि निषेधाज्ञा जारी गरिएको हो ।

यस अघि गुल्मी जिल्ला र छिमेकी जिल्ला रुपन्देही र स्याङ्जा जिल्लाले लकडाउन र निषेधाज्ञा जारी गरिसकिएको छ । जिल्लामा शुक्रबार (भदौ ५ गते) मध्यरातिदेखि भदौ १२ गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आवश्यक सावधानी अपनाउन एक साताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको बताउनु भयो ।

अत्यावश्यक सेवा बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी सञ्चालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी सञ्चालन गर्न पाइने छैन ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार ०७:२३ मा प्रकाशित

You can share this post!

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...