back
NMB ad

यी ४३ जिल्लामा निषेधाज्ञा र लकडाउन

Kumari bank ad

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि ४३ जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरेको सरकारले आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिएको छ।

सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत सबै जिल्लामा आइसोलेसन बेड तयारी गर्न, क्वारेन्टाइन बनाउन, निषेधाज्ञा प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो। ‘संक्रमण बढ्दै गएको छ। धेरै जिल्लामा आइसोलेसन बेड अभाव छ। हामीले गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई यसको आवश्यक प्रबन्ध गर्न भनेका छौं’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो।

प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले मन्त्रिपरिषद्को बैठकबाट आउने निर्णय कार्यान्वनमा लैजान निर्णय कुरिरहेको बताए। बिहीबार साँझ सुरु भएको मन्त्रिपरिषद् बैठक राति अबेरसम्म बसेको थियो।

गृह मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले गरी ४३ जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरेका छन्। ‘अत्यावश्यक सेवा, खाद्यान्न अभाव नहोस्। कोही कसैले खाद्यान्न नपाएको र कालोबजारी गरेको गुनासो नआओस् भन्नेतर्फ मन्त्रालय सचेत छ।

त्यही अनुसार प्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ’, गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बूढाले भने। उनका अनुसार खाद्यान्न पसललाई निश्चित समय दिएर खोल्न लगाउनाले भिड हुने भएकाले त्यस्ता पसललाई बिहान खुला राख्ने र भिड नगरीकन सामान किन्ने वातावरण तय गर्न पनि मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ। नागरिक दैनिकमा खबर छ ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार ०७:०३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...