back
NMB ad

शैक्षिकसत्र अगाडि बढाउने तयारीमा सरकार, कहिले खुल्छ विद्यालय ?

Kumari bank ad

काठमाडौं । सरकारले अनलाइन शिक्षामार्फत् नै शैक्षिकसत्र अगाडि बढाउने तयारी गरेको छ । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सरकारले यस विषयमा छिट्टै निर्णय गर्ने जानकारी दिनुभयो ।

अनलाइन शिक्षालाई विश्वले स्वीकारेको र नेपालले पनि खुला विश्वविद्यालय सुरु गरिसकेको अवस्थामा अनलाइनमार्फत् शैक्षिकसत्र सुरु गर्न कुनै समस्या नरहेको प्रवक्ता डा. खतिवडाले बताउनुभयो ।

सरकारले कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी सुरुमा भदौ १५ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने अनुमान गरिएकाले पाठ्यक्रम समायोजनको विषयमा धेरै ध्यान नदिइएको उहाँले स्पष्ट पार्नुभयो ।

सबै ठाउँमा इन्टरनेटको सुविधा पुगिसकेको अवस्था र विद्युतीय सुविधा नभएको स्थान र क्षेत्रका बालबालिकाहरुलाई पनि शिक्षण सिकाइबाट वञ्चित नगर्ने गरी सँगसँगै अन्य वैकल्पिक सिकाइ विधिको व्यवस्था गर्नुपर्ने भएकाले निर्णय गर्न केही ढिलाइ भएको प्रवक्ता खतिवडाले बताउनुभयो ।

अहिले तत्काल विद्यालय सञ्चालनको अवस्था नदेखिएकाले अब विद्यार्थीलाई शिक्षकले भौतिक दुरी कायम राखेरै भएपनि सिकाइ निरन्तरता दिनुपर्छ भन्ने निष्कर्षमा सरकार पुगेकाले यस विषयमा चाँडै निर्णय गरिने प्रवक्ता डा. खतिवडाले स्पष्ट पार्नुभयो ।

वि.सं.२०७७ भदौ ६ शनिवार ०६:१८ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...