back
NMB ad

बुटवलमा दाहसँस्कार कर्म गरिदिने पण्डितसहित १५ मलामीमा कोरोना, संक्रमित थपिने क्रम जारी

Kumari bank ad

रुपन्देही । रूपन्देहीको बुटवलमा एक महिलाको दाहसंस्कारमा सहभागी भएका मलामीमा धमाधम कोरोना संक्रमण देखिन थालेको छ ।

क्यान्सरका कारण मृत्यु भएकी बुटवल उपमहानगरपालिका–११, कालिकानगरकी ४९ वर्षीया महिलाको परिवारलगायत उनको मलामी गएकासहित हालसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

महिलाको मलामी गएका अझै धेरै जनाको रिपोर्ट आउन बाँकी रहेकाले अहिले सबैमा ‘तनाव’ बढेको छ । मलामी गएकाहरुको अझै परीक्षण जारी रहेको जानकारी दिंदै बुटवल उपमहानगरपालिकाकी स्वास्थ्य उपसंयोजक गीता पाण्डेले भनिन्, ‘आज थप ५ मलामीको स्वाब परीक्षण गर्दैछौं, यसपछि अन्यको पनि क्रमशः गर्ने योजना छ ।’ कति जना मलामी गएका थिए भन्ने एकिन नभएको तर सयभन्दा बढी नै थिए भन्ने कुरा सुनिएको उनले जानकारी दिएकी छन् ।

कसरी संक्रमित बने मलामी ?

चितवनको भरतपुर अस्पतालमा क्यान्सरको किमोथेरापी गर्ने क्रममा गत साउन १८ गते ती महिलाको मृत्यु भएको थियो । उनका आफन्तले कोरोनाको शंका गरेर जिज्ञासा राखे पनि अस्पतालका चिकित्सकले किमोथेरापीका क्रममा हृदयाघातले मृत्यु भएको भन्दै कोरोना परीक्षण नगरी शव पठाई दिए ।

डाक्टरले नै संक्रमित नभएको भनेपछि दाहसँस्कारमा सामान्य अवस्थामा जस्तै परिवार, आफन्त, छिमेकी सबै सहभागी भए । तर ती महिलाको दाहसंस्कारमा सहभागी उनको देवरलाई त्यसको केही दिनपछि नै कोरोनाका जस्तै लक्षण देखिन थाल्यो । पीसीआर परीक्षण गराउँदा साउन २२ गते उनमा कोरोना पुष्टि भयो ।

‘त्यसपछि त्यो समूहमा संलग्नको परीक्षण गर्दै जाँदा अहिलेसम्म १५ जनामा कोरोना पुष्टि भइसकेको छ,’ उपमहानगरपालिका स्वास्थ्य उपसंयोजक पाण्डेले भनिन्, ‘तर कोरोना कोबाट फैलियो भन्न सकिने स्थिति छैन ।’

ती मृतक महिलाको परीक्षण नै नगरिएकाले उनलाई थियो कि थिएन, अन्योल भएको हो । तर उनकै दाहसंस्कारमा सहभागी शुरुमा देवर र त्यसपछि क्रमशः परिवारका अन्य सदस्यसहित आफन्त, छिमेकीलाई कोरोना पुष्टि भएको हो ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले पनि अहिले बुटवल क्षेत्रमा तिनै महिलासँग सम्बन्धित समूहमा बढी मात्रामा कोरोना पुष्टि भइरहेको जानकारी दिएकी छिन् ।

‘मृतकका छोरी, ज्वाइँमा पनि कोरोना देखिएको छ,’ उनले सुनाइन्, ‘मृतकको वडा ११ र उनका देवर (संक्रमण पुष्टि भएका) को वडा १३ मै अहिले बढी मात्रामा कोरोना पुष्टि हुने क्रम चलिरहेको छ ।’

‘शुरुमा कोरोना मृतक महिला वा उनको देवर कसबाट फैलियो भन्ने पुष्टि त विज्ञालने गर्ने कुरा हो,’ बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भने, ‘महिलाको काजकिरिया गराउने पण्डितमा समेत कोरोना पुष्टि भएको छ ।’

वि.सं.२०७७ भदौ ६ शनिवार १२:४४ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...