back
NMB ad

खाद्य पसल नै बन्द

Kumari bank ad

काठमाडौं । निषेधाज्ञाको समयमा बजारमा अत्यावश्यक पसल नखुल्दा उपभोक्तालाई समस्या परेको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यकीय सेवाका पसल खुल्न दिने भनिए पनि प्रहरीले भित्री क्षेत्रमा समेत बिहान सात बजे देखिनै दैनिक उपभोग्य वस्तुका पसल जवर्जस्ती बन्द गराइरहेको पाइएको छ ।

प्रहरीले बिक्रेता र उपभोक्ता दुवैलाई दुव्र्यवहार गर्दै ज्यादतीपूर्ण ढंगले पसल बन्द गराइरहेको काठमाडौं कोटेश्वरस्थित एक पसल सञ्चालक बताउँछन् । उनका अनुसार प्रहरीले बिहान सात बजेदेखि नै पसल बन्द गराउन थालेपछि बिहानै उपभोक्ताको भीड जम्मा भएर जोखिम झनै बढेको छ ।

कोटेश्वरका स्थानीय तथा डेरावाल उपभोक्ता मञ्च काठमाडौंका अध्यक्ष भुवन थापा निषेधाज्ञाका नाउँमा प्रहरी ज्यादती बढेको बताउँछन् । उनका अनुसार प्रहरीले बिनाआधार कहिले बिहान सात बजेसम्म त कहिले नौ बजेसम्म पसल खुल्न दिने गरेको र त्यसबारे प्रश्न गर्दा धम्क्याउने गरेको छ । “प्रशासनको निर्णय एउटा छ, प्रहरीको रवैया अर्कै छ,” थापा भन्छन्, “किनमेलका लागि सीमित समयमात्र दिने गर्दा संक्रमणको जोखिम झनै बढेको छ, प्रहरीले यति सामान्य कुरा पनि नबुझेर ‘दादागिरी’मा उत्रेको छ ।”

दैनिक उपभोग्य वस्तुको पसल बन्द गर्ने प्रशासनको आदेश नभए पनि पूर्ण रूपमा बजार खुल्न नसक्दा उपभोक्ताले समस्या भोग्नुपरेको छ ।  कारोबार दैनिकमा समाचार छ ।

वि.सं.२०७७ भदौ ७ आइतवार ०९:१७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...