back
NMB ad

तरकारीको मुल्यमा दोब्बर वृद्धि, कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारी तथा फलफूलको मुल्य पछिल्लो १० दिनको अवधीमा झण्डै दोब्बरले बढेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजारको तथ्याकं अनुसार पछिल्लो १० दिन यता हरियो तरकारीको मुल्य प्रतिकेजीमै ९६ प्रतिशत सम्मले बढेको हो ।

उपत्यकासँगै विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञाका कारण तरकारी आयात हुन नसक्दा मुल्य बढेको कालीमाटी तरकारी तथा फलफूल बजारले जनाएको छ । यस अवधिमा गोलभेडाको मुल्य ९६ प्रतिशतले वृद्धि भएको छ ।

१० दिनअघि अर्थात साउन ३० गते २८ रुपैयाँ प्रतिकिलो मुल्य कायम भएको गोलभेँडा भदौ ८ गतेसम्म प्रतिकिलो २२ रुपैँयाले बढेर ५५ रुपैयाँ प्रतिकिलो पुगेको छ । यस्तै काँक्रोको मुल्य प्रतिकिलो ५० प्रतिशतले बढेको छ ।

साउन ३० गते १२ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको काँक्रोको थोक मुल्य १८ रुपैयाँ पुगेको । यस्तै कागतीको मुल्य ६८ प्रतिशत, घिरौलामा ५५ प्रतिशतले बढेको छ भने परबर र तने बोडीको मुल्य ३५ प्रतिशतले बढेको छ ।यो समयमा करेला, तामा, च्याऊ लगायतका तरकारीको मुल्य भने केही घटेको कालीमाटी फलफूल तथा तरकारी बजारले जनाएको छ ।

वि.सं.२०७७ भदौ ८ सोमवार १७:२८ मा प्रकाशित

You can share this post!

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...