back
NMB ad

निर्यात उकालो लाग्यो

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्षमा नेपालबाट निर्यात हुने सूचीमा पहिलो स्थानमा रहेको पाम तेलको निर्यातबिना नै चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा निर्यात उकालो लागेको छ ।

मलेसिया तथा इन्डोनेसियाबाट कच्चा पाम तेल नेपाल ल्याएर यहाँबाट प्रशोधन गरी भारत पठाउँदा निर्यात बढेको देखिएको विगतबीच साउनमा भने फरक परिदृश्य देखिएको हो ।

भन्सार विभागका अनुसार साउनमा कुल नौ अर्ब ६२ करोड रुपियाँको निर्यात भएको छ । जसमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको छ, जुन दुई अर्ब २७ करोड रुपियाँको निर्यात भएको देखिन्छ ।

गत आवको साउनभर आठ अर्ब ८३ करोड रुपियाँको निर्यात भएको थियो । जसमा महŒवपूर्ण हिस्सा पाम तेलको थियो । उक्त अवधिमा नेपालबाट एक अर्ब ७५ करोड रुपियाँको पाम तेल निर्यात भएको थियो ।

सूचीको दोस्रो स्थानमा रहेको भटमास तेल भने केवल ४५ करोड रुपियाँको मात्र निर्यात भएको थियो । विभागका अनुसार चालू आवको साउनमा नेपालबाट पाम तेल निर्यात भएको छैन । निर्यातमा भारतको अस्थिर नीतिका कारण यतिबेला नेपालबाट पाम तेल निर्यात हुन सकेको छैन ।

यस वर्ष साउनमा भटमास तेलपछि सबैभन्दा बढी निर्यात हुनेमा कालो चिया रहेको छ । नेपालले ७२ करोड ७८ लाख रुपियाँको कालो चिया भारत निर्यात गरेको छ ।

त्यसपछि ४७ करोड ६२ लाख रुपियाँको अलैँची निर्यात भएको छ । गलैँचा ३७ करोड ४५ लाख रुपियाँको निर्यात हुँदा २७ करोड २८ लाख रुपियाँको बुनेका कपडा निर्यात भएको छ । निर्यात भएका प्रमुख यी पाँच वस्तुमध्ये गलैँचाबाहेक बाँकी सबै भारतमा मात्र निर्यात भएका वस्तु हुन् ।गोरखापत्रमा खबर छ ।

वि.सं.२०७७ भदौ ९ मंगलवार ०८:४१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...