back
NMB ad

बैंक तथा वित्तीय संस्थाहरू अब एक दिन बिराएर मात्र खोल्ने निर्णय

Kumari bank ad

कैलाली । कैलालीमा आजदेखि बैंक तथा वित्तीय संस्थाहरू एक दिन बिराएर बिहान ८ बजे देखि ११ बजे सम्म मात्र खुल्ने भएका छन्। बैंक तथा वित्तीय संस्थामा भीडभाड व्यवस्थित नहुँदा कोरोनाभाइरस संक्रमण फैलिने जोखिम बढेपछि यस्तो निर्णय भएको हो।

हिजो राष्ट्र बैंक र बैंकर्स क्लवका पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंकमा भएको छलफल पछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा हप्तामा तीन दिन बिहान ८ देखि ११ बजेसम्म मात्र बैंक तथा वित्तीय संस्था खोल्न दिने निर्णय भएको बैंकर्स क्लव धनगढीका अध्यक्ष धर्मराज बिष्टले बताए।

जिल्ला प्रशासन कार्यालय कैलालीको निर्णय अनुसार आज (मंगलबार) देखि बैंक तथा वित्तीय संस्थाहरू हप्तामा तीन दिन बिहान ८ बजेदेखि ११ बजेसम्म खुल्ने अध्यक्ष बिष्टले बताए। उनले सार्वजनिक विदाका दिन भने बैंक तथा वित्तीय संस्थाहरु नखुल्ने बताए।

वि.सं.२०७७ भदौ ९ मंगलवार १०:२९ मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...