back
NMB ad

कोरोना अपडेट : नेपालमा फेरि थपिए ८५५ जना नयाँ संक्रमित, उपत्यकामा मात्रै २३२

Kumari bank ad

काठमाडौँ । नेपालमा थप  ८५५ जनामा कोरोना संक्रमण  देखिएको छ । योसंगै अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा ११ हजार ३२७ परीक्षण गरिएकोमा ८५५ जनामा सङ्क्रमण देखिएको जानकारी गराउनुभयो ।

यसैगरी आज ३१३ जना सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । अहिलेसम्म १९ हजार ११९ जना सङ्क्रमण जितेर घर फर्किसकेका छन् । निको हुने दर ५७ प्रतिशत रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २३२ जनामा सङ्क्रमण भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार काठमाडौमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना नयाँ सङ्क्रमित भेटिएका हुन् ।

यस्तै दुई जिल्ला मुस्ताङ र हुम्ला सङ्क्रमण मुक्त भएका छन् । यस्तै सक्रिय सङक्रमित १४ हजार २५० रहेका छन् भने १० हजार ४५३ क्वारेन्टिनमा रहेका छन् ।

वि.सं.२०७७ भदौ ९ मंगलवार १६:२७ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...