back
NMB ad

स्वदेशी लगानीमा नै बन्ने भयो, निजगढ विमानस्थल

Kumari bank ad

काठमाडौं। प्रस्तावित दोस्रो अन्तर्रा्ष्ट्रिय (निजगढ) विमानस्थल स्वदेशी स्रोत र लगानीमै निर्माण हुने भएको छ । शुक्रबार नेपाल सरकार मन्त्रिपरिषद् बैठकले निजगढ विमानस्थल आफ्नै स्रोत र लगानीमा बनाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले निजगढ विमानस्थल स्वदेशी स्रोत–साधनबाटै निर्माण गर्ने र त्यसका लागि आर्थिक स्रोतको जोहो अर्थ मन्त्रालयले गर्ने निर्णय गरेको छ । यससँगै सरकारले विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रियासमेत सुरु गर्ने भएको छ ।

निर्णयसँगै प्रस्तावित विमानस्थलले चर्चेको क्षेत्रभित्र पर्ने व्यक्तिको नाममा रहेको १ सय ५० बिघा जग्गा अधिग्रहण गरी मुआब्जा वितरणका लागि बाटो खुलेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिए ।

सरकारले भूमिसुधार मन्त्रालयको नाममा रहेको सरकारी ऐलानी जग्गा नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा हस्तान्तरण गर्ने निर्णयसमेत गरेको छ । यसबाहेक वन क्षेत्रमा पर्ने जग्गाको भोगाधिकार वन तथा भू–संरक्षण मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गर्ने निर्णय सरकारले गरेको छ । जग्गा अधिग्रहणका लागि सरकारले चालू आर्थिक वर्ष ०७२र७३ मा १ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।

प्रकाशितः २०७३ वैशाख २५

वि.सं.२०७३ वैशाख २५ शनिवार १०:३९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...