back
NMB ad

प्रशासनद्वारा निषेधाज्ञाको ‘मोडालिटी’ परिवर्तन : केही खुकुलो प्रावधानसहित यस्तो गर्यो निर्णय !

Kumari bank ad

विराटनगर । विभिन्न स्थानीय तहले आ-आफ्नै हिसाबमा गरेको ’लकडाउन’ ले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसक्दा मोरङ जिल्लाभर निषेधाज्ञाको निर्णय लिनु परेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले विराटनगर महानगरपालिकासहित मोरङका १७ वटै स्थानीय तहमा निषेधाज्ञा लगाउने निर्णय गरेको ।यसअघि विभिन्न विभिन्न स्थानीय तहले आ-आफ्नै हिसाबमा ’लकडाउन’ गरेका थिए ।

तर, समुदायस्तरमा फैलिएको संक्रमणको ’चेन ब्रेक’ हुन नसक्दा ’मोडालिटी’ परिवर्तन गरेर केही खुकुलो प्रावधानसहित जिल्लाभर निषेधाज्ञा लगाइएको प्रशासनले जनाएको छ ।

’स्थानीय तहले गरेको ’लकडाउन’ त्यति प्रभावकारी भएन । ’लकडाउन’ मा पनि अरु सामान्य अवस्थामा जस्तै मानिसको भीडभाड र आवतजावत जारी रहँदा संक्रमण घट्न सकेन,’ एक सुरक्षा अधिकारीले भने, ’त्यही भएर सुरक्षा समितिबाटै निर्णय गरेर निषेधाज्ञा लगाइएको हो । यसले संक्रमणको ’चेन ब्रेक’ हुने अपेक्षा राखिएको छ ।’ अन्नपूर्णपोष्ट अनलाइनबाट

वि.सं.२०७७ भदौ ११ बिहीवार ११:४५ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...