back
NMB ad

फेला पर्‍यो सयौं सुनका सिक्का भएको ११ सय वर्ष पुरानो गाडधन

Kumari bank ad

बीबीसी । मध्य इजेरलस्थित एउटा पुरातात्त्विक स्थलमा काम गरिरहेका एक स्वयंसेवी युवकले ४२५ ओटा प्राचीन असर्फीहरू भएको गाडधन फेला पारेका छन्।

ती सुनका सिक्काहरू ११०० वर्षअघि माटोको एउटा भाँडोमा राखेर त्यहाँ गाडिएको विश्वास गरिएको छ। ती सिक्काहरूको कुल तौल ८४५ ग्राम छ।जति बेला ती सिक्काहरू गाडियो त्यति बेला त्यो ठूलो धन थियो र त्यसले उक्त क्षेत्रमा एउटा भव्य घर किन्न पुग्ने अनुमान गरिएको छ।

कसले ती सिक्काहरू लुकायो र किन पछि झिकेन भन्ने कुरा रहस्यकै गर्भमा छ। ११ सय वर्षअघि यो धन गाड्ने व्यक्तिले पछि निकाल्ने विचार गरेको हुनुपर्छ।

उसले उक्त भाँडो नसरोस् भनेर काँटी पनि ठोकेको रहेछ, इजरेलको पुरातत्त्व हेर्ने निकायमा उत्खनन विभागका निर्देशनकहरू लियाट नादाभ जिभ र एली हाड्डाडले एउटा विज्ञप्तिमा भनेका छन्।

उनीहरूका अनुसार त्यति ठूलो परिमाणमा सुनका सिक्का फेला पर्नु दुर्लभ मानिन्छ। सुन धेरै मूल्यवान् भएकाले पुस्तौँदेखि पगालेर फेरि प्रयोग गरिने भएकाले हामी पुरातात्त्विक उत्खननमा प्रायः सुनका सिक्का भेट्दैनौँ, विज्ञप्तिमा उल्लेख छ।

ती असर्फीहरू फेला पार्ने युवक ओज कोहेनले आफूले पहिला भुइँ खनेर माटो निकालेपछि मसिनो पातजस्तो वस्तु देखेको बताए। फेरि हेर्दा ती वस्तुहरू सुनका सिक्का पो रहेछन्,ू उनले भने।

प्राचीन सिक्काका जानकार रोबर्ट कूलका अनुसार उक्त गाडधनमा सुनले बनेका ुदिनारु बाहेक २७० वटा सुनका साना टुक्रा पनि थिए। ती टुक्राहरू असर्फी काटेर खुद्रा पैसाका रूपमा प्रयोग गरिन्थ्यो।

वि.सं.२०७७ भदौ १२ शुक्रवार ०८:२७ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...