काठमाडौं । मेगा बैंकले साविक गण्डकी विकास बैंकको विभिन्न साधारण सभाबाट पािरत बोनस शेयर बापत लाग्ने कर बुझाउन शेयरधनीलाई अनुरोध गरेको छ ।
साविक गण्डकी विकास बैंकको आव २०७१/७२, २०७२/७३ र २०७३/७४ को बोनस शेयर बापत लाग्ने कर बुझाउन उक्त कम्पनीले भनेको हो । शेयरधनीले बोनस शेयरमा लाग्ने कर बुभाएपछि मात्र बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गर्ने पनि कम्पनीले बताएको छ ।
शेयरधनीले मेगा बैंकका शाखा कार्यालयहरुमा ००१००१०७१६३१८ खाता नम्बरमा कर बापतको रकम बुझाउन सक्नेछन् । हाल कोरोना महामारीले सृजित परिस्थितिका कारण विद्युतीय माध्यमको प्रयोग गरी जम्मा गर्न पनि कम्पनीले भनेको छ ।
साथै शेयर अभौतिकीकरण गराएका शेयधरनीको हकमा कर रकम जम्मा गरे पश्चात मात्र उक्त बोनस शेयर जम्मा हुने र हालसम्म पनि अभौतिकीकरण नगराएका र कर रकम भुक्तानी गर्न बाँकी शेयरधनीले आफ्नो शेयर अभौतिकीकरण गर्नु पूर्व कर रकम जम्मा गर्नुपर्नेछ । शेयर रजिष्ट्रारमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
वि.सं.२०७७ भदौ १२ शुक्रवार १२:२६ मा प्रकाशित