काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा आज थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १० हजार ९७१ जनाको पिसीआर परीक्षण गरिएकोमा ८८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
हालसम २० हजार ५५५ जना कोरोनाबाट मुक्त भइ घर फर्किएको गौतमले बताए । पछिल्लो २४ घण्टामा ३१३ जना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमणाबाट मुक्त हुनेको दर ५५ प्रतिशत रहेको छ । हाल देशभर १६ हजार ५७८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
देशभर हाल १६ हजार ५७८ जना आइसोलेशनमा रहेको मन्त्रलयले जनाएको छ । त्यस्तै देशभरका क्यारेन्टिनहरुमा हाल ८ हजार ३५ जना रहेका छन् ।
वि.सं.२०७७ भदौ १३ शनिवार १६:२६ मा प्रकाशित