back
NMB ad

निषेधाज्ञाको ढाँचामा परिवर्तन, भोलिदेखि लागू हुँदैछ यस्तो नयाँ नियम !

Kumari bank ad

हेटौंडा । मकवानपुर जिल्लाको विभिन्न स्थानीय तहमा जारी निषेधाज्ञालाई खुकुलो बनाइएको छ । सबैतिरबाट विरोध भएपछि निषेधाज्ञालाई खुकुलो बनाउनका लागि मंगलबारबाट ढाँचा परिवर्तन हुने भएको छ ।

सोमबार बिहान जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई भदौ २५ गतेसम्म निरन्तरता दिंदै ढाँचामा परिवर्तन गर्ने निर्णय गरेको हो ।

बैठकले बिहान ६ बजेदेखि १० बजेसम्म सबैखाले पसल सञ्चालन गर्न दिने र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बैंक सञ्चालन हुन दिने व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

‘खाद्यान्नलगायतका सामग्री लोड अनलोडको समय बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मलाई निर्धारण गरिएको छ । बिस्तारै जनजीवनलाई सामान्य बनाउनका लागि आफैं सुरक्षित रहेर व्यापार व्यवसाय सञ्चालन गर्न निषेधाज्ञाको मोडलमा केही परिवर्तन गरेका छौं,’ प्रजिअ नेपालले जिल्लामा कोरोना संक्रमितको दर बढिरहेको अवस्थामा सबैले सुरक्षित तवरबाट आआफ्नो काममा जुट्न जरुरी रहेको औंल्याए ।

मकवानपुरमा हेटौंडा उपमहानगरपालिकासहित विभिन्न स्थानीय तहमा यसअघिदेखि नै निषेधाज्ञा जारी गरिएको छ । मकवानपुरका निषेधाज्ञा जारी भएका स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार अगाडि बढ्ने प्रजिअ नेपालले बताए ।

मकवानपुरमा साउन २६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो । हालसम्म दुईपटक निषेधाज्ञाको समय थप गरिएको भएपनि मंगलबारबाट भदौ २५ गतेसम्मका लागि निषेधाज्ञाको ढाँचा परिर्वतन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

वि.सं.२०७७ भदौ १५ सोमवार १३:३३ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...