back
NMB ad

कोलोराडोमा नेपाली संस्थाहरुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

Kumari bank ad

नातिबाबु भट्ट, कोलोराडा । कोलोराडोमा सकृय संस्था नेपाली घर र ब्लड डोनर्स अफ अमेरीकाको संयूक्त आयोजना शनिवार रक्तदान कार्यक्रम सम्पन्न भयो ।

बोल्डर स्थित बोनफिल्स सेन्टरमा सम्पन्न रक्तदान कार्यक्रममा ६ जना नेपालीले रक्तदान गरेका छन् रक्तदान गर्ने इच्छा धेरै जनाको भएपनि बर्तमान परिस्थितीका कारण अग्रीम समय बुक गराउनु पर्ने, लगायतका बिभिन्न कारणले गर्दा ६ जनामात्र रक्तदान गर्नयोग्य ठहरिएका थिए ।

अमेरीकाको नियम अनुसार रक्तदानगर्न ३ बर्षसम्म लगातार अमेरिका बसेको र एकबर्ष भित्र अमेरिका बाहिर मलेरिया प्रभाबित क्ष्ँेत्रमा गएको भए अमेरिका फर्केको एकबर्ष पछिमात्र योग्य ठहरिने लगायतका बिभिन्न नियमहरु रहेका छन् ।

रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा टिका पौडेल, श्रीराम लुईटेल, लुना पौडेल, रिपेन्द्र कार्कि, रवी जोशी, तोयानाथ साप्कोटा गरेका हुन् । अहिले कोरोनाको कारण मानिसहरु रक्तदान गर्न डराई रहेको कारण पनि कोलोराडोमा रगतको अभाव खड्कदै गएको बताईएको छ ।

आयोजक संस्था नेपाली घरका अध्यक्ष लक्षुमन रानाले नेपाली समुदायका व्यक्तिहरुलाई आवश्यक परेको बेला सजिलैसंग रगत उपलब्ध गराउन तथा नेपाली समुदायको पहिचाहन गराउन कार्यक्रमको आयोजना गरिएको बताएका छन् । एक जनाको रगतले ३ जनालाई बचाउन सकिने यस्तो अमुल्य दानको कार्यक्रम नियमित गर्नु पर्ने उनको भनाई रहेको छ ।

रक्तदान कार्यक्रम सफलपार्न बोनफिल्ड रक्तसंचार केन्द्र बोल्डरले प्राविधिक सहयोग उपलब्ध गरेको ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरका संयोजक श्रीराम लुईटेलले बताएका छन् ।

उनले रक्तदान गरौं जिवन बचाउ भन्ने मूलनारालाई आत्मा साथ गर्दै ब्लड डोनर्स अफ अमेरीकाले २००९ देखी रक्तदान गर्न अभिप्ररित गर्दै आएको र कोलोराडोमा २०१९ देखी प्रत्येक महिना रक्तदान कार्यक्रमको आयोजना गरिने गरेको बताएका छन् ।

उनले यस्तो अवस्थामा पनि रक्तसंचार केन्द्र सम्म आई रक्तदान गर्नुहुने सबैलाई धन्याद दिएका छन् ।कोलोराडोमा संकलन भएको रगत कोलोराडो भित्रै खपत हुने रक्त संचारका कर्मचारीहरु बताए ।

कुनै पनि ब्यक्तिको शरिरबाट निकालिएको रगत ४२ दिन सम्ममात्र प्रयोगगर्न सकिन्छ ४२ दिन पछि त्यो रगत काम नलाग्ने हुदा कुनै बेला खपत हुन नसकि फाल्नु पर्ने अवस्था आयो भने मात्र स्टेट बाहिर पठाइने उनिहरुको भनाई छ ।

वि.सं.२०७७ भदौ १५ सोमवार १३:५३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...