back
NMB ad

यात्रुको रकम फिर्ता गर्न पर्यटन मन्त्रीको कडा निर्देशन

Kumari bank ad

काठमाडौं । सरकारले एयर अरेवियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नियमित उडानहरुको भाडा दर र चार्टर उडानको गुनासोको सम्बन्धमा बसेको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाण्डौ आएको १४२ जना यात्रुको रकम फिर्ता गराउन निर्देशन दिनु भएको हो ।

एयर अरेवियाले १४२ जना पिसिआर गरेको,१८ जना आरडिटी गरेको र एक जना केही पनि नगरेको यात्रु ल्याएर सवैलाई होटल क्वारेन्टाईनमा राखेपछि सो बापतको रकम फिर्ता गराउन मातहतका निकायलाई निर्देशन दिनुभएको हो ।

मन्त्री भट्टराईले सवै यात्रुबाट होटल खर्च उठाएको तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि उक्त रकम रकम फिर्ता गराउन र फिर्ता नगरे कारवाही गर्न समेत निर्देशन दिनुभयो ।

अन्र्तराष्ट्रिय नियमित उडानहरु महँगो भएको गुनासो आएपछि मन्त्री भट्टराईले नेपाल वायु सेवा निगमका र हिमालय एयरलाईन्सको उडान भएको सेक्टरहरुमा वायुसेवा निगमले तय गरेको भाडादर अनुसार उडान गराउन विदेशी एयरलाईन्सहरुलाई फलाइट उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभयो ।

मन्त्री भट्टराईले टिकटमा ट्राभल्स एजेन्सीहरुले अनियन्त्रित रुपमा कालोबजारी गरेको गुनासो आएपछि एयरलाईन्सहरुले नियन्त्रण गर्नुपर्ने धारणा राख्दै अनुगमन तथा सहजीकरणका लागि विदेशी कुटनीतिक नियोग, गैर आवासिय नेपाली संघसँग (एनआएन)आग्रह गर्नुपर्ने धारणा राख्नुभयो ।

बैठकले हवाई भाडादरमा कालोबजारी,अपारदर्शिता र अन्य गैरकानुनी मुनाफा कायम गरी भाडादर असुल उपर नगर्न नगराउन सम्बन्धित बायुसेवा कम्पनीहरुलाई सचेत गराउन,नियमित उडानमा बजेट एयरले अन्य एयरलाईन्सको भन्दा कम भाडादरमा उडान गर्नुपर्ने,चार्टर उडानको सम्न्धमा पर्यटन मन्त्रालयले यस अघि तोकेको भाडादर भन्दा बढी नहुने सुनिश्चित गरी उडान सञ्चालन गर्न अनुमति दिने निर्णय गरेका छ ।

वि.सं.२०७७ भदौ १७ बुधवार १७:३१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...