back
NMB ad

कोरोना महामारीबीच कर्मचारी कटौतीको योजना : यति ठुलो संख्यामा बिदाई गरिँदै !

Kumari bank ad

एजेन्सी । बेलायती हवाई सेवा प्रदायक कम्पनी भर्जिन एट्लान्टिकले थप १ हजारभन्दा धेरै कर्मचारीलाई कामबाट निकाल्ने भएको छ ।

कोरोना भाइरसको महामारीको चपेटाबाट कम्पनीलाई बचाउनका लागि कटौतीको योजना अन्तर्गत थप १ हजार १५० जना कर्मचारीलाई कामबाट निकाल्न थालिएको हो ।

यसअघि पनि वर्षको शुरुमै भर्जिन एट्लान्टिकले १० हजारमध्ये बाट ३ हजार ५०० कर्मचारीलाई कामबाट निकालिसकेको छ । हवाई यात्रामा सामान्य स्तरमा नफर्किएसम्म कम्पनीलाई बचाइराख्न थप लागत कटौती गर्नु परेको बताइएको छ ।

अमेरिका र बेलायतबीचको हवाई यात्रा अनिश्चित रहेसँगै कम्पनीको व्यवसाय अनिश्चित बनेको छ । कम्पनीले मुख्यतः आन्ध्र महासागर आरपार उडान गर्दै आएको छ ।

गएको ६ महीना कम्पनीको इतिहासमै सबैभन्दा चुनौतीपूर्ण रहेको र यस संकटको अवस्थाबाट पार लगाउन व्यापक स्तरमा परिवर्तन गर्नु पर्ने समेत कम्पनीको भनाइ छ । रोजगारी कटौतीका लागि भर्जिन एट्लान्टिकले शुक्रवारदेखि शुरु हुने गरी कर्मचारी संगठनसँग ४५ दिने परामर्श अवधि थपेको छ ।

वि.सं.२०७७ भदौ २१ आइतवार ०८:३५ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...