back
NMB ad

राजी समुदायका लागि ३० घर निर्माण गरिने

Kumari bank ad

कैलाली । कैलालीको भजनीमा लोपोन्मुख राजी समुदायका लागि घर निर्माण गरिने भएको छ । मुख्यमन्त्री एकीकृत नमूना बस्ती कार्यक्रमअन्र्तगत भजनीमा रहेका ३० परिवारले घर पाउने भएका हुन् ।

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०७७/७८को स्वीकृत वार्षिक मुख्यमन्त्री एकीकृत नमूना बस्ती कार्यक्रमअन्तर्गत भजनी नगरपालिका–९ भुरुवा कैलालीको राजी बस्तीमा नमूना घर निर्माण गरिने नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले जानकारी दिए । “नगरपालिकाले अतिविपन्न परिवार छनोट कार्य शुरु गरेको छ । अति आवश्यक रहेकाको घर निर्माण हुने भएको छ”, उनले भने ।

घर निर्माण हुने भएपछि सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीको नेतृत्वमा आएको टोलीले बस्तीको अनुगमनसमेत गरेको छ । अनुगमनपश्चात मन्त्री चौधरीले अतिविपन्न, पछाडि परेको समुदाय, प्राकृतिक प्रकोपबाट घर पूर्ण क्षति भएका परिवारको घर मुख्य प्राथमिकतामा राखेर निर्माण गरिने बताए । “बढी समस्या रहेका परिवारलाई प्राथमिकता दिन थालेका छौँ”, मन्त्री चौधरीले भने, “सबैले बस्ने घर पाउनुपर्छ भन्ने हो । राजीका लागि पक्की घर बनाइदिन थालेका हौँ ।”

विपन्न राजीका घर निर्माण गर्न मुख्यमन्त्री एकीकृत नमूना बस्ती निर्माण कार्यक्रमको अवधारणा प्रदेश सरकारले ल्याएको मन्त्री चौधरीले बताए । “नमूना बस्तीसँगै स्थानीयका मागका आधारमा उद्योग सञ्चालनमा ल्याउने सरकारको योजना छ”, कृषिमन्त्री चौधरीले भने, “स्थानीयस्तरमा रोजगारी सिर्जना गरी कामका लागि भारत तथा अन्य जिल्ला जानु नपरोस्, गाउँमै रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ । हामी राजी बस्तीका नागरिकले माग गरे लगानी गर्न तयार छौँ ।”

भजनीमा राजी बस्तीमा दुईकोठे पक्की भवन र शौचालयसहितको घर निर्माण हुने भएको छ । घर निर्माण हुने भएपछि राजी समुदायमा खुशीयाली छाएको छ । राजी अगुवा डम्बर राजीले वर्षौँदेखि खरको छानामा बस्न बाध्य राजी परिवार पक्की घर पाउने खबरले हर्षित भएको बताए । “यसअघि पनि जनता आवास कार्यक्रमअन्तर्गत केही परिवारका घर निर्माण भएका छन् । यो कार्यक्रमले घर नभएकालाई समेट्ने भएको छ”, राजीले भने, “सरकारको यो कार्यबाट यहाँका नागरिकले घरको छानो पाउनेछन् । यसका साथै रोजगारीको वातावरणसमेत बनाइदिए राजीको जीविकामा सहजता आउनेछ ।”

वि.सं.२०७७ भदौ २१ आइतवार १२:१४ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...