back
NMB ad

चाइनिज कम्पनीको कासाका बाइक : नेपालका यी स्थानहरुमा पाइन्छ, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा चाइनिज ब्रान्डका मोटरसाइकलहरु भित्रनेक्रम जारी छ । हालैमात्र कासाकाका डर्ट बाइक भित्रिएका छन् । कासाकाका दुई मोडल कासाका २०० र कासाका २५० भित्रिएका हुन ।

स्टाइल ट्रेड लाइन कम्पनीले नेपाली बजारमा ल्याएका यी बाइक एडभेन्चर यात्राका लागि सहज मानिन्छन् । यही कम्पनीले नेपालका लागि चाइनिज ब्रान्ड जायलिङका बाइक समेत आधिकारिक रुपमा बिक्री–वितरण गरिरहेको छ ।

कासाका २०० मा एयरकुल्ड, सिङ्गल सिलिण्डर र ४ स्ट्रोक सहित १९७ सीसीको इन्जिन जडान गरिएको छ । बाइककोे अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा र ग्राउण्ड क्लियरेन्स २९० एमएम रहेको छ ।

यसको लम्बाई २०५० एमएम, चौडाई ८५० एमएम र उचाई ११७० एमएम छ । बाइकको शुद्ध तौल १२० किलोग्राम र अधिकतम लोडिङ क्षमता १५० किलोग्राम छ ।

रातो र सेतो कलरमा उपलब्ध बाइकमा १२ लिटरको इन्धन ट्यांकी छ । कासाका २०० को मूल्य ३ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै कासाका २५० समेत बिक्रीमा राखिएको छ । यसको मूल्य ४ लाख १५ हजार रुपैयाँ छ ।

यसको तौल १२६ केजी र अधिकतम लोडिङ क्षमता १५० केजी रहेको छ । यसमा साढे १० लिटरको इन्धन ट्यांकी छ । काठमाडौं नयाँबजार, चितवनको नारायणघाट स्थित पारस बासपार्क र धादिङस्थित आरुघाटमा बाइक विक्रीमा राखिएको छ ।

वि.सं.२०७७ भदौ २१ आइतवार १३:०६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...