back
NMB ad

अन्ततः भोलिदेखि होटल तथा रेस्टुराँहरु खुल्ने, प्रशासनले दियो अनुमति !

Kumari bank ad

काठमाडौं । भोलिदेखि दार्जिलिङ र कालेबुङमा होटल र रेस्टुराँहरू खोलिने भएका छन्। सामाजिक दूरीको नियम र हेल्थ हाइजिन प्रोटोकल्सलाई पालन गरी होटल र रेस्टुराँहरू खोल्न सक्ने जिल्ला प्रशासनले अनुमति दिएको छ ।

होटल र रेस्टुराँहरू खोलिएपछि अब दार्जिलिङमा पर्यटकहरूको आगमन पनि शुरु हुने स्पष्ट छ। कोरोना महामारीका कारण दार्जिलिङ पहाड़को होटल र पर्यटन व्यवसाय पछिल्लो करिब सात महिनादेखि ठप्प छ।

यसैबीच, दार्जिलिङको क्षेत्रीय व्यवस्था गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जिटिए)(ले आफ्नो अधीनमा रहेका पर्यटन केन्द्रहरूलाई भोलिदेखि नै खुल्ला राख्ने बताएको छ ।

पर्यटन केन्द्रहरूलाई खुल्ला राख्न अघि सेनिटाइज गर्ने तथा अन्य व्यवस्थाहरू अपनाइनेछ। विशेष गरी कोरोना संक्रमणलाई फैलिन नदिन प्रतिदिन प्रभावकारी उपाय अपनाइने बताइएको छ। होटल-रेस्टुराँ र पर्यटन केन्द्रहरू खुल्ला राख्ने अनुमति दिइए तापनि दार्जिलिङमा कोरोना संक्रमणको जोखिम भने घटेको छैन।

उल्टै प्रतिदिन बढ़्दै गइरहेको छ। हिजै मात्र दार्जिलिङ शहरी क्षेत्रमा ५, मिरिकमा २, सुकनामा ३, पुलबजार (बिजनबारी)(मा ११, तकदामा ४ र सुकेपोखरी क्षेत्रमा एउटा कोरोना संक्रमणको मामिला प्रकाशमा आएको थियो।

वि.सं.२०७७ भदौ २२ सोमवार १८:१८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...