काठमाडौँ । नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १० हजार ६११ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराउनुभयो ।
हालसम्म ३२ हजार ९६४ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा २ हजार २८७ कोरोना निको भएर घर फर्किएका छन् । हाल देशभर १४ हजार ८६८ सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा ५ हजार ३१० जना छन् ।
त्यसैगरी कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले विगत २४ घण्टामा ६ जनाको मृत्यु भएको जानकारी दिए । हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ जना पुगेको छ ।
वि.सं.२०७७ भदौ २३ मंगलवार १६:२२ मा प्रकाशित