back
NMB ad

ट्रिप एड्भाइजरमा ल्याण्डमार्क चितवनकै नम्बर १

Kumari bank ad

चितवन । लामो समयदेखि पर्यटन क्षेत्रमा लागेको सम्राट ग्रुपले बाघरमारा सौराहामा संचालनमा ल्याएको सुविधासम्पन्न होटल ‘ल्यान्डमार्क फरेस्ट पार्क’ले स्थापनाको दोस्रो वर्षमै  ट्रिप एड्भाइजरिमा चितवनकै उत्कृष्ट बन्न सफल भयो । यस बर्षको ट्रिपएडभैजरीको होटेल बर्गिकरणमा नेपालभरीमा तेस्रो र चितवनमा पहिलो स्थान ओगट् सफल भएको छ ।

प्रकृति र वन्यजन्तुसँग रमाउने पर्यटकलाई लक्षित गरी सम्राट ग्रुपले दुई वर्ष अघि सौराहामा यो होटल संचालनमा ल्याएको हो । नेपालमा तेस्रो नम्बर र चितवनमा एक नम्बरमा पर्न सफल यो होटल करिब २६ रोपनी क्षेत्रफलमा फैलिएको छ भने २० करोड रुपैयाँ खर्च गरेर यसको निर्माण गरिएको हो ।

ल्यान्डमार्कको सुरुवात पोखरामा हँङ्ग्री आई रेस्टुरेन्टबाट भएको हो । एकदमै प्रख्यात रहेको हंड्ग्री आईमा सुरुवातमा ६–७ वटा कोठा थियो । बिस्तारै बिस्तारै बढाउँदै आज ८० रुम सम्म पुग्यौ होटेल संचालकले भने । त्यसलाई अझै बढाउने सोचमा संचालकहरु रहेका छन् । ट्रिप एड्भाइजरमा हेर्दा ल्याण्डमार्क पोखरामा २५/२६ नम्बरमा पर्ने गरेकोछ ।

landmark chitwan

स्टार लेवल लिइनसकेको यो होटल ४/५ स्टारको भएको होटल संचालक बताउँछन् अहिलेको अवस्थामा चाहिने सबै सुविधा सम्पन्न भएको यो होटलको अकुपेन्सी ६५ प्रतिशतसम्म रहनेगरेको म्यानेजर उमाकान्त पोखरेलले बताए । ट्रिप एड्भाइजरीमा भएका कारणले पनि होटललाई फाइदा पुगेको उनको भनाई थियो ।

के हो ट्रिप एड्भाईजर ?

travelers_choice_award_landmark_forest_park_chitwan_nepal

ल्यान्डमार्क चितवनका म्यानेजर पोखरेल भन्छन यो एउटा ट्राभलर वेव साईट हो । जसमा केही न्यूनतम फी तिरेर होटलहरु रजिस्टर गर्नुपर्ने हुन्छ । त्यहाँ भर्नुपर्ने कुराहरु भ्रिसकेपछि हामी त्यसको सदस्य बन्न सक्छौं । त्यसपछि यो वेवसाइटमा हाम्रो प्रोपर्टी डिस्प्ले हुन्छ । यहाँ रेष्टुरेष्टको बारेमा, सेवा सुविधाको बारे, खाना आदिका बारेमा ५/६ वटा वर्गीकरण गरिएकोछ । यसमा आएर बस्ने गेष्टहरुले ओभरअल ५ प्वइन्टमा आफूले पाएको सन्तुष्टि अनुसार ३, २, ५ जति पनि दिन सक्छन् । यसरी हामीले डाइरेक्ट गेष्टहरुको फिडब्याक पाउन सक्छौं ।

ट्रिप एड्भाईजर संसारभर नै अनलाई रिभ्युका लागि चलेको साइट हो । यो साइट प्रति विदेशीहरु धेरै भर परेका पनि छन्, उनीहरु घुम्न आउन लागेका छन् भने यो साइट हेर्छन् हेर्छन् । कसैले यो होटलको बारेमा फिडब्याक लेख्यो भने पहिला ट्रिप एड्भाईजरले नै त्यसलाई विश्लेषण गर्ने अनि बल्ल त्यो पोष्ट गर्छ । त्यसैले अहिलेको समयमा, सूचना प्रविधिको समयमा यसको ठूलो भूमिका छ ।

हो, यसमा पनि गेष्टहरुलाई लगाएर राम्रो राम्रो लेख्न लगाउने एउटा पाटो छ । कतिवटा केसमा यो अथेन्टिक त हुँदैन तर पनि विदेशीहरु फिडब्याकलाई महत्व दिन्छन् । त्यसमा पनि साइटले सबै होटलहरुलाई एउटै सूचिमा राखिदिएको छ, वर्गीकरण गरेको छैन । अहिलेको केसमा पोखरामा २७/२८ नम्बरमा छौं हामी जबकी पोखराभरका १६२/६३ वटा होटलहरु ट्रिप एड्भाइजरमा रजिष्टर भएका छन् ।

यो अहिलेको परिस्थितिमा महत्वपूर्ण पनि भएकोछ । म पनि आएका गेष्टहरुलाई थ्याङ्कु फरेन,  ट्रिभ एड्भाईजर हाम्रो लिङ्क यस्तो छ तिमीले फिल्ड ब्याक लेख्दियौ भने हामीलाई पनि राम्रो हुन्छ । तिम्रो के छ एक्सपिरिन्यस भनेर गेष्ट रिटर्न भइसकेपछि ईमेल गर्छौं । इमेल क्लिक गर्ने बित्तिकै डिस्प्ले हुन्छ र आफूलाई लागेको लेख्ने हो । त्यही नै हो ट्रिप एड्भाइजर ।

अहिले त अनलाईनको रिभ्यू गेस्टहरुले जहाँ बसेर पनि हेर्नसक्छन्, ईन्टरनेट जहाँ पनि हुन्छ । यसरी होटलका बारेमा गरिएको फिडब्याकको रिभ्यु हेरे मात्र गेष्ट आउँछन् ।

२७ बैशाख २०७३/ ८:३७

13149993_1733350006909345_379578082_n

13153416_1733344766909869_2028758352_n

 

वि.सं.२०७३ वैशाख २७ सोमवार २१:०९ मा प्रकाशित

You can share this post!

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...