back
NMB ad

भर्खरै आयो प्रशासनको यस्तो निर्णय : बजार फेरि पूर्णरुपमा बन्द गर्ने !

Kumari bank ad

भोजपुर । जिल्लामा पुनः भदौ मसान्तसम्म लकडाउन गर्ने निर्णय गरिएको छ । दुई दिनको फरकमा बैंकका कर्मचारी, थुनुवासहित ८ जनामा कोरोना देखिएपछि थप सर्तकताको लागि जिल्लालाई लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्र भोजपुरको विहिबार बसेको बैठकले भदौ मसान्त सम्म लकडाउन गर्ने निर्णय गरेको हो । जिल्ला भरका खाद्यन्न र तरकारी पसल विहान ६ बजेबाट ९ बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म मात्र खोल्न पाउने गरी विहिबारबाट लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए ।

त्यस्तै जिल्लाका सबै बजार पसल, अत्यावश्यक वाहेका सवारी सधान, निजी कार्यालय, संघसंस्था, शैक्षिक संस्था, वित्तिय संस्था, बैंक, सहकारी, होटल लगाएतलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ ।

विहिबार टेम्केमैयुङ गाउँपालिकाका २१ वर्षीय, भोजपुर नगरपालिकाका २८ वर्षीय र षडानन्द नगरपालिकाका २२ वर्षीय पुरुषमा कोरोना रहेको भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइटेलले जानकारी दिए ।

बैंकका कर्मचारीमा कोराना देखिएपछि राष्ट्रिय बाणिज्य भोजपुर साखाको कारोबार बन्द गरिएको छ । बुधबार भोजपुरको षडानन्द नगरपालिकाका–५ जनामा कोरोना पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या २० पुगेको छ भने ६ जना निको भएर घर फर्केका छन् ।

वि.सं.२०७७ भदौ २५ बिहीवार १४:०९ मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...