back
NMB ad

कर्मचारीलाई हप्तामा तीन दिन बिदा दिने निर्णय

Kumari bank ad

काठमाडौं । कोभिड–१९ का कारण पछिल्लो ६ महिनायता घरबाटै कार्यालयको काम गर्ने संस्कार बढिरहेको छ ।

 

 

 

विश्वका अधिकांश देशले कामको यस्तो शैली अपनाइरहेका छन् । नेपालमै पनि अहिले सानादेखि ठूला व्यवसायिक कम्पनीहरूको काम ‘वर्क फ्रम होम’बाट चलिरहेको छ ।

घरबाट निरन्तर रुपमा काम गर्दा आफ्नो पारिवारिक जीवन र व्यवसायिक जीवनलाई व्यवस्थापन गर्न असहज भइरहेको छ । बिहानदेखि बेलुकासम्मको काम अनि निरन्तर हुने अनलाइन मिटिङले कर्मचारीलाई घरबाट काम गर्नु नराम्रो सपना जस्तै भइसकेको छ ।

यसले मानिसको जीवनमा समेत नकारात्मक असर पर्ने भन्दै टेक जायन्ट गुगलले आफ्ना कर्मचारीलाई हप्तामा तीन दिन बिदा दिने निर्णय गरेको छ ।

 

 

कम्पनीले आफ्ना कर्मचारीलाई कोभिड–१९ को महामारी सम्मका लागि थप एक दिन बिदा दिने निर्णय गरेको हो । यसले कर्मचारीलाई सहज हुने विश्वास कम्पनीले गरेको छ । कम्पनीले शारीरिक, मानसिक, भावनात्मक थकान मेट्नका लागि यस्तो बिदा दिएको जनाएको छ ।

गुगलले जारी गरेको वक्तव्यमा लेखिएको छ, ‘हामी कर्मचारीलाई थप एक दिन बिदा स्वीकार गर्न आग्रह गर्छाै । त्यसका लागि व्यवस्थापकले आवश्यक वातवरण बनाउनुपर्नेछ । यदि कुनै दिन कार्यालयका लागि कर्मचारीको आवश्यक भयो भने उसले अर्को दिन बिदा पाउनेछ ।’

तर, प्राविधिकहरुका हकमा सबै खालको सुविधा भने उपलब्ध हुने छैन। उनीहरु हप्तामा तीन दिन बिदा बस्न सक्ने भएतापनि शुक्रबार भने बिदा लिन पाउने छैनन् ।

वि.सं.२०७७ भदौ २८ आइतवार १४:०९ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...