back
NMB ad

अर्को हप्तादेखि विद्यालय खुल्ने, मन्त्रालयले गर्यो गाइडलाइन घोषणा !

Kumari bank ad

नयाँ दिल्ली । भारतमा अर्को सोमबार अर्थात् २१ सेप्टेम्बरदेखि विद्यालयहरु खोल्न लागिएको छ ।

 

 

 

कोभिड १९ महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु अर्को हप्तादेखि खोल्न लागिएको हो । केन्द्रीय स्वासथ्य मन्त्रालयले विद्यालयमा बालबालिकाहरुको स्वास्थ्यलाई लिएर गाइडलाइन समेत घोषणा गरिसकेको छ ।

स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री अश्विनी कुमार चौबेले आइतबार आफ्नो ट्वीटरमा गाइडलाइन समेत सार्वजनिक गरिसकेका छन् । यसअघि अनलाईन कक्षा सञ्चालनमा आएको थियो ।

 

सरकारको उक्त निर्णयसँगै अब छिट्टै विद्यालयहरु पनि खुल्नेछन् । जारी गाइडलाइन अनुसार कक्षा कोठाका बेन्च, डेस्कको व्यवस्थापन पनि परिवर्तन हुनेछ । विद्यार्थीहरू ६ फिटको दुरीमा बस्नेछन् ।त्यसकारण बेन्चको दुरी ६ फिटको हुनुपर्नेछ । कक्षामा अन्य क्रियाकलापका समय पनि सामाजिक दुरी कायम गर्नुपर्नेछ ।

 

पढाइको समय शिक्षकरशिक्षिका र विद्यार्थीहरूले मास्क लगाउनुपर्नेछ । विद्यार्थीहरूले एकअर्कामा नोटबुक, स्टेशनरी सेयर गर्न पाउने छैनन् । नयाँ नियमका अनुसार तत्काल सबैलाई बोलाइने छैन ।

हाल ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई मात्रै स्कुल जाने विकल्प दिइएको छ । स्कुल ती विद्यार्थीका लागि खोलिनेछ जसको अनलाइन शिक्षामा पहुँच छैन ।

छिमेकी मुलुकहरूमा विद्यालय खोल्ने तयारी तीव्र रूपमा गरिएपनि नेपालमा भने यसको विकल्प खोजिएको छैन । दशैँअघिसम्म अनलाइन कक्षालाई नै प्राथमिकता दिएर अघि बढ्ने संकेत दिइएको छ ।

वि.सं.२०७७ भदौ ३० मंगलवार ११:०४ मा प्रकाशित

You can share this post!

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...