back
NMB ad

बढ्यो प्याजको मूल्य, प्रतिकिलो कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । नेपालमा प्याजको मुल्य बृद्धि भएको छ ।

 

 

छिमेकी मुलुक भारतले प्याज निर्यातमा बन्देज लगाएकै भोलिपल्ट नेपालमा भारतीय प्याजको मूल्य प्रतिकिलो १५ रुपैयाँले बढेको छ । कालिमाटी थोक बजारमा प्याजको मूल्य एकैदिनमा २५ प्रतिशत बृद्धि भएको छ ।

 

सोमबार थोक बजारमा प्रतिकेजी ६० रुपैयाँमा कारोबार भएको प्याजको मूल्य मंगलबार प्रतिकेजी ७५ मा कारोबार भएको छ । खुद्रा पसलमा ९० रुपैयाँमा बिक्री बितरण हुन थालेको छ ।

सोमबार मात्रै भारतले प्याज निर्यातसम्बन्धी नीतिमा परिवर्तन गर्दै प्रतिबन्ध लगाएको हो । भारतबाट केही दिनदेखि प्याज आयात कम हुन थालेपछि मूल्य बढिरहेको थियो ।

नेपाली बजारमा धेरै प्याज भारतबाटै आउने गर्छ । नेपालमा हिँउदमा रोपेर बैशाख जेठमा खनिने भएकाले भदौ असोजमा हरेक वर्ष प्याजको मूल्य बृद्धि हुने गरेको छ ।

केही समय अघि भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली बजारमा प्याजको मूल्य बढेर प्रतिकेजी २ सय ५० रुपैयाँसम्म पुगेको थियो । यदि भारतले निर्यातमा प्रतिबन्ध फुकुवा नगरेमा दसैंमा प्याजको मुल्य आकाशिने भएको छ ।

वि.सं.२०७७ भदौ ३० मंगलवार १७:३१ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...