back
NMB ad

घर बनाउने योजनामा हुनुहुन्छ ? यी बैंकबाट पाइन्छ सस्तो ब्याजमा ऋण

Kumari bank ad

काठमाडौं । यो वर्षको सुरुदेखि नै कोरोना कहरको कारण आर्थिक गतिविधि बढ्नसकेको थिएन ।

 

 

 

 

तर, यसको बाबजुद सरकारले अब सबै क्षेत्र खुल्ला गर्दै गइरहेको छ । योभन्दा अघि घर बनाउन चाहनेले पनि निर्माण सामग्रीदेखि बैंकको ऋण लिने प्रक्रिया समेत सुरु गर्न पाएका थिएन्।

 

तर अब बैंकहरुले पनि ब्याजदररहित ऋणको लागि आह्वान समेत गरिसकेको छ। बैंकहरुले गरेको नयाँ सूचनाअनुसार हरेक बैंकको कर्जा फरक–फरक छ।

 

बैंकले जारी गरेको सूचनाअनुसार राष्ट्रिय वाणिज्य बैंकले घर कर्जामा न्यूनतम ७ दशमलव ३ प्रतिशतदेखि अधिकतम ८ दशमलव ८ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यसमा ५ वर्षसम्मका लागि ७ दशमलव ३ प्रतिशतदेखि ७ दशमलव ८० प्रतिशतसम्म र १० वर्षका लागि ७ दशमलव ८० प्रतिशतदेखि ८ दशमलव ३ प्रतिशतसम्म र १५ वर्षका लागि ८ दशमलव ३ प्रतिशतदेखि ८ दशमलव ८ प्रतिशतसम्म ब्याजदर रहेको जानकारी दिएको छ।

 

त्यस्तै मेगा बैंकले १३ दशमलव ३ प्रतिशतमा घर कर्जा प्रवाह गर्नसक्ने बताएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले ७ वर्षे घर कर्जाको १० दशमलव ५० प्रतिशत र १० वर्षे घर कर्जाको १२ दशमलव ५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ। नबिल बैंकको घर कर्जा अधिकतम १२ दशमलव १९ प्रतिशतमा पाउन सकिनेछ।

 

एभरेष्ट बैंकले घर कर्जा १२ दशमलव ४८ प्रतिशतको दरमा दिने जनाएको छ। गत वर्षको तुलनामा घर कर्जाको दर घटेको छ। गत वर्ष धेरै बैंकको १४ प्रतिशतभन्दा माथि रहेको थियो।

 

साथै बैंकहरुले कर्जा प्रवाहपछि समेत दर बढाउने गरेका थिए। तर यो वर्षदेखि बैंकले कर्जा प्रवाह गर्दाकै रेट अन्तिम विन्दुसम्म कायम राख्नुपर्नेछ। अन्यथा उक्त बैंकविरुद्ध नेपाल राष्ट्र बैंकमा उजुरी गर्न सकिनेछ।

वि.सं.२०७७ भदौ ३१ बुधवार १६:०३ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...