back
NMB ad

बजाजले पहिलो पटक २५० सेग्मेन्ट नेपालीमा भित्र्याउँदै, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा बजाजले पहिलो पटक २५० सेग्मेन्ट भित्र्याउने भएको छ ।

 

 

 

नेपालमा बजाज बाइकका लागि आधिकारिक वितरक हंशराज हुलास प्रालिले २५० सीसी सेग्मेन्टलाई पनि नेपालमा प्रवेश दिने भएको हो ।यसअघि गोल्छा ग्रुपअन्तर्गत एचएच बजाजले २२० र ४०० सेग्मेन्टका बाइक बिक्री गर्दै आएको थियो ।

 

कम्पनीका अनुसार हाल नेपालमा बिक्री गर्दै आएको डोमिनार ४०० कै डिजाइनकै मोडल ल्याउने भएको हो । डोमिनार २५० मा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्विड कुल्ड, डिओएचसी दिएको इन्जिनले अधिकतम ९००० आरपीएममा ३० पीएस पावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्ने छ ।

 

यसमा ६ स्पिडको गियरबक्स र स्लिपर क्लच दिएको यो बाइकमा लाइट एलइडी, सानो विन्डस्क्रिन, मस्कुलर फ्यूल ट्यांक, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथमा अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन ब्यारेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट जस्ता मुख्य विशेषता छन् ।

 

डोमिनार २५० को लम्बाइ २ हजार १५६ एमएम, चौडाइ ८१३ एमएम, उचाइ १११२ एमएम, ह्वीलवेश १ हजार ४५३ छ । ग्राउन्ड क्लियरेन्स १५७ एमएम रहेको बजाज डोमिनार २५० को मूल्य ४ लाखसम्म पुग्नेछ ।

वि.सं.२०७७ असोज १ बिहीवार १२:१० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...