back
NMB ad

बागमती सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ३ करोड दिने

Kumari bank ad

मकवानपुर । बागमती प्रदेश सरकारले चितवनमा निर्माणाधीन अवस्थामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका तत्काल ३ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

 

 

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले धुर्मुस–सुन्तली फाउन्डेसनलाई रंगशाला निर्माणका लागि ३ करोड रुपैयाँ उपलब्ध गराउने भएको हो ।

प्रदेश सरकारको ससर्त अनुदान अन्तर्गत् आर्थिक वर्ष २०७७/०७८ को अनुदान रकम उपलब्ध गराउन लागिएको सरकारका प्रवक्ता, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए ।

 

उनका अनुसार कोरोना संक्रमणको अवस्थामा पनि निरन्तर निर्माण गरिरहेको भन्दै काम सुचारु गर्न सहज होस् भनेर सहयोग गर्न लागिएको हो । ‘लकडाउनको समयमा समेत धमाधम काम भइरहेको छ ।

रंगशालाको काम अगाडि बढाउन आर्थिक अभाव नहोस् भनेर तत्काल सहयोग रकम उपलब्ध गराउन लागेका हौं ।’ ढुङ्गेलले भने । उनले यसै आर्थिक वर्षमा थप रकम समेत सहयोग गर्ने गरी बजेट विनियोजन गरेको बताए ।

बैठकले प्रदेश सुशासन केन्द्र स्थापना र सञ्चालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली, प्रदेश पूर्वाधार विकास साझेदारी नियमावलीको दोस्रो संशोधन स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

वि.सं.२०७७ असोज १ बिहीवार १२:३७ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...