back
NMB ad

चक्रपथको विस्तार : संरचना हटाउने काम अन्तिम चरणमा

Kumari bank ad

काठमाडौं । चक्रपथको कलङ्की–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि चक्रपथ क्षेत्रमा परेका संचरणा हटाउने काम लगभग अन्तिम चरणमा पुगेको छ । दोस्रो चरणअन्तर्गत विस्तार हुन लागेको त्यस खण्डमा परेका रूख कटान सम्पन्न भइसकेको छ ।

 

 

 

बिजुलीको पोल, खानेपानी तथा ढलका पाइप हटाउने काम अन्तिम चरणमा पुगेको चक्रपथ सुधार आयोजनाले जनाएको छ । कलङ्कीदेखि धोबीखोलासम्म दुई हजार दुई सय रूख काटिएको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।

 

आयोजना प्रमुख अमृतमणि रिमालले चक्रपथको दोस्रो चरणअन्तर्गत विस्तार हुन लागेको खण्डको क्षेत्रमा परेका संरचनाहरू हटाउने काम अन्तिम चरणमा पुगेको बताउँदै ९५ प्रतिशत संरचना हटाउने काम सम्पन्न भइसकेको जानकारी दिए।

 

“बिजुली तथा टेलिकमका खम्बा र खानेपानी तथा ढलका पाइप हटाउने काम असोजभित्र सम्पन्न हुन्छ”, उहाँले थप्नुभयो, “चक्रपथ क्षेत्रमा परेका बूूढानीलकण्ठ विद्यालयको भवन भत्काउने काम भइरहेको छ । ”

 

नयाँ बसपार्क अगाडि चक्रपथमा रहेको आकाशे पुल भत्काइने छ । उहाँले भन्नुभयो, “असोज ७ भित्र पुलमुनि रहेका पसल हटाउन सम्बन्धितलाई पत्राचार भइसकेको छ । पसल हटाएपछि एक हप्ताभित्र पुल भत्काइने छ । ”

वि.सं.२०७७ असोज ४ आइतवार ०८:३१ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...