back
NMB ad

१० महिनामै सेयर कारोबार १ खर्ब १ अर्ब ५ करोड रुपैयाँ

Kumari bank ad

काठमाण्डौं । चालू आर्थिक वर्षको १० महिनामै सेयर कारोबार १ खर्ब रुपैयाँ नाघेको छ । यो हालसम्मको उच्च कारोबार हो ।
गत असारदेखि बुधबार (वैशाख २९ गते) सम्मको सेयर कारोबार १ खर्ब १ अर्ब ५ करोड रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । गत आर्थिक वर्षमा (१२ महिनामा) ६६ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष सेयर किनबेच र मूल्य निकै बढेकाले कारोबार बढेको हो ।
गत असारको तुलनामा बुधबारसम्म सेयर बजारको उतारचढाव देखाउने नेप्से परिसूचक करिब ५ सय २० अंकले उक्लिएको छ । यो ५४ प्रतिशतको वृद्धि हो ।

गत असार मसान्तमा नेप्से ९ सय ६१ दशमलव ३२ अंकमा थियो । अहिले १ हजार ४ सय ८१ दशमलव १८ मा पुगेको छ । यस्तै, चालू आर्थिक वर्षको १० महिनामा (बुधबारसम्म) १८ करोड ९७ लाख ७८ हजार कित्ता सेयर कारोबार भएको छ ।
गत आर्थिक वर्षमा १५ करोड ९७ लाख १७ हजार कित्ता सेयर कारोबार भएको थियो ।
नेप्सेको वृद्धिसँगै सेयर बजारको आकार (लगानीकर्ताको सम्पत्तिरबजार पुँजीकरण) पनि उच्च दरले बढेको छ । गत असारमा ९ खर्ब ८९ अर्ब रुपैयाँ भएको बजार पुँजीकरण अहिले १५ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ । उक्त अवधिमा सेयर मूल्यसँगै कारोबार पनि उच्च दरले बढेपछि सेयर बजारको आकार तीव्र रूपमा विस्तार भएको हो ।

प्रकाशितः २०७३ वैशाख ३०

वि.सं.२०७३ वैशाख ३० बिहीवार १०:२२ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...