back
NMB ad

प्याज प्रतिकिलो ६० रुपैयाँमा विक्री !

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यकामा तरकारीको मूल्य अस्वभाविक बढेको जनगुनासो आएपछि बजार अनुगमनलाई तीव्र पारिएको छ ।

 

 

सोमबार बिहान महानगरको उपभोक्ता हित संरक्षण समितिका पदाधिकारीले नक्सालस्थित तरकारी बजारको अनुगन गरेको छ । अनुगमन टोली आएको खवर सुनेपछि तरकारी व्यापारीहरुको भागदौड मच्चिएको थियो । तरकारी बजारमा आलु र प्याजको व्यापार गर्ने किशोर पासवान त पसल छोडेरै भागे ।

बिष्णुप्रसाद सापकोटा प्रोपाइटर रहेको बिजी इन्टरप्राइजेज नाममा दर्ता भएको पसल खुल्ला छोडेर पासवान भागेका हुन् । लामो समय कुर्दा पनि व्यापारी नआएपछि सोधपुछका क्रममा उनी भागेको पत्ता लागेको थियो । सापकोटा नक्साल तरकारी तथा फलफुल व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् ।

 

अनुगमन टोली पुगेपछि पसल नं. ४०४१ क शिवलाल शाह पनि पसल छोडेर भागेका थिए । अनुगमन टोली देखेपछि नजिकैका अर्का व्यापारीले भने प्रति किलो ६० रुपैयाँमा प्याज बेच्न थाले । उनकोमा बाँकी भएको करीब २० किलो प्याज छिनभरमै विक्री भएको थियो ।

 

अनुगमनका क्रममा बढी मूल्य लिनुका साथै अन्य तरकारी बजारमाजस्तै खरिद बिक्री बिल र दर्ताको मुख्य समस्या देखिएको टोलीमा सहभागी एक सदस्यले बताए । कति व्यापारीले तरकारीमा म्याद लेवल हुन्छ भन्ने नै आफूलाई थाहा नभएको बताएका थिए ।

 

नक्सालमा सोमबार बिहानै उत्पादन र उपभोग्य मिति केरमेट भएको प्याकेजिङ् गरिएको चाउमिन वितरण गरिरहेको बा १८ च ९९०१ नं. को सवारी साधन पनि नियन्त्रणमा लिएको छ ।

 

अनुगमन टोलीले ज्ञानेश्वरमा रहेको कुमारी मिल र मनोरमा ज्ञानेश्वर फ्लोर एण्ड राइस मिलमा पनि अनुगमन गरेको थियो । त्यसक्रममा टोलीले लेवल नभएका सबै खाद्यबस्तु बिक्रीमा रोक लगाइएको छ ।

 

महानगरको कृषि बिभागको नेतृत्वमा भएको अनुगमनमा पशु सेवा बिभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका प्रतिनिधि सहभागी थिए ।

वि.सं.२०७७ असोज ५ सोमवार १६:४६ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...