back
NMB ad

अब बैंकबाट बिना धितो, बिना कागजी प्रक्रिया तुरुन्तै एक लाख रुपैयाँसम्म ऋण लिन पाइने !

Kumari bank ad

काठमाडौं । नबिल बैंकले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ ।

 

 

डिजिटल बैंकिङ प्रणालीमा प्राथमिकता दिएकोे नबिलले तलबी खाता बाहेक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिने सुविधा थप गरेको हो ।

 

नबिल स्मार्ट बैंक विश्लेषणात्मक प्रबिधिको महत्वपूर्ण भूमिका रहेको यस सेवा अन्तर्गत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइन्छ ।

 

यो सुबिधा लिन नबिलको स्मार्टबैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहने नबिल बैंक बागलुङका शाखा प्रमुख सुशान्त श्रेष्ठले जानकारी दिए ।

 

ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा धाउनु नपर्नै, कुनै कागजी प्रक्रिया बिना नै नबिल बैंकले आफ्नो स्माटबैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्छन् । बिनाधितो ऋण प्रवाह हुनेछ । अधिकतम एक लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउन सकिने शाखा प्रमुख श्रेष्ठको भनाई छ ।

बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहका अनुसार फोन लोन बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकको केन्द्र बन्नेछ ।

 

उनले भने ‘नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरबको विषय हो ।’ हाल बैंकका १ सय १९ शाखा तथा १ सय ८४ ओटा एटिएम सञ्जालमार्फत सेवा दिँदै आएको छ ।

वि.सं.२०७७ असोज ५ सोमवार १७:१३ मा प्रकाशित

You can share this post!

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...