back
NMB ad

सस्तो ब्याजदरमा ऋण दिदैं प्रभु बैंक: एक लाख रुपैयाँदेखि ४ लाखसम्म झिक्न मिल्ने, के छ प्रक्रिया ?

Kumari bank ad

काठमाडौं । प्रभु बैंकले ‘सहयात्रा समृद्धि’को नामक कर्जा योजनाको शुभारम्भ गरेको छ ।

 

कोरोना प्रभावित र समस्यामा परेका साना उद्यमी तथा व्यवसायी, स्वरोजगार उद्यमी, शिक्षित बेरोजगार युवा, विदेशबाट फर्केका वेरोजगार युवा, परम्परागत पेशा र व्यवसायमा संलग्न उद्यमीलाई लक्षित गर्दैं सहयात्रा समृद्धिको नामक कर्जा योजनाको आरम्भ गरेको हो ।

 

 

नेपाल राष्ट्र बैंकको सहुलियतपुर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधी २०७५ अन्तर्गत रहेर यो योजना ल्याइएको बैंकले जनाएको छ । कोरोनाका कारण दैनिक जीवन सञ्चालन गर्न नै समस्यामा परेका युवालाई राहात दिने उद्देश्यले यो योजना ल्याइएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए ।

 

 

कर्जा योजनाले विद्यमान आर्थिक कठिनाइ व्यवस्थापन गर्न र यस महामारीमा उनीहरुको शेरचनले बताए । पहिलो चरणमा उपत्यकाभित्रमा महिला सफा टेम्पो चालकलाई एक लाख रुपैयाँ र विद्यालय शिक्षकलाई ४ लाख रुपैयाँ कर्जा प्रदान गर्ने बताएको छ ।

 

 

महिला सफा टेम्पो चालकहरुलाई १ लाख रुपैया ५ प्रतिशत व्याजदर मात्रै राखेर कर्जा दिने वैकले जनाएको छ । टेम्पो चालकलाई दिइने कर्जामा ६ महिना ग्रेस पिरियड राखिएको छ भने २ वर्षभित्र चुक्ता गर्नुपर्ने समय निर्धाराण् गरिएको छ । कर्जा योजनाको शुरुमै बैंकले १० जना महिला टेम्पो चालकहरुलाई कर्जा दिएको छ ।

 

अहिले काठमाडौं उपत्याकामा मात्रै यो योजना चलाउने बताएको बैकले केही समयपछि देशैभर यो योजनाअन्तर्गत कर्जा दिने जनाएको छ । बैंकले मंगलबार १० जना महिला सफा टेप्पो महिला चालकलाई बैंकमै बोलाएर एक लाख रुपैयाँ कर्जा दिएको छ ।

 

दुई वर्ष अवधिको यो कर्जा ६ महिनापछि महिनावारी किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ । यसका लागि सक्कल नागरिकता र तमसुक गरेर प्रदान गरिनेछ । एकजनाले एक लाख रुपैयाँसम्म कर्जा लिन सक्ने बैंकले जनाएको छ ।

 

त्यस्तै ४ लाख रुपैयाँको कर्जा भने शिक्षकहरुलाई दिइने बैकले जनाएको छ । बैकका अनुसार यो कर्जाअन्तर्गत पनि स्नातक पास भएको प्रमाणपत्र, सम्बिन्धत विद्यालयको प्रमाण र तमसुक गरेर दिइनेछ । यो योजना समेत केही दिनमै शुरु हुने बैकले जनाएको छ ।

वि.सं.२०७७ असोज ६ मंगलवार १८:०५ मा प्रकाशित

You can share this post!

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:१५

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०८१ बैशाख २२...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०९

खोटाङ, २३ वैशाखः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र...

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०३

भोजपुर, २३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...